May 19, 2021, Wednesday

माधव नेपाल समूहको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार


नयाँ विकल्प,


काठमाडाैं-सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का माधव नेपाललगायत नेताहरूले आफूमाथि हुन लागेको कारबाही रोकी पाऊँ भन्दै दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

एमाले नेता माधवकुमार नेपाललगायत नेताहरूले सर्वोच्चमा हालेको रिटमा सोमबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको इजलासले स्पष्टीकरणमात्र सोधेको कारबाही भइनसकेको अहिलेको अवस्थामा माग अनुसारको अन्तरिम आदेश दिन नपर्ने भनेको हो।

‘हालको प्रारम्भिक अवस्थामा पार्टीको आन्तरिक कार्य व्यवस्थाको शिलशिलामा स्पष्टीकरण सोधिएकै भरमा मात्र माग गरेबमोजिमको अन्तरिम आदेश जारी गर्नुपर्ने देखिएन’, उक्त इजलासको आदेशमा भनिएको छ।

यसैगरी उनीहरूलाई किन स्पष्टीकरण सोधिएको हो उनीहरूले मागरेअनुसारको अन्तरिम आदेश किन नदिनेलगायत प्रश्नको जवाफ १५ दिनभित्र दिन विपक्षीहरूलाई आदेश दिएको छ। माधव नेपाललगायतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतलाई विपक्षी बनाएर रिट हालेका थिए।

नेपाललगायत नेताहरूले आफूहरूलाई संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेर सांसदबाट हटाउन लागेकाले त्यसरी नहटाउन अन्तरिम आदेश माग गरेका थिए। सर्वोच्चले यो कुरा अन्तिम सुनुवाइका क्रममा पनि सम्बोधन हुनसक्ने बताएको छ।

सम्बन्धित समाचार

देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
  • २०७८ बैशाख १३, १७: ३५: १५

नयाँ बिकल्प,काठमाडौं । कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैं देशमा कोरोना संक्रमणको महामारीबाट दैनिक दुई सयको हाराहारीमा नेपाली...

उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
  • २०७८ बैशाख १३, १७: ३५: १५

नयाँ बिकल्प,काठमाडौं । सत्तारुढ केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्वासको मत दिने र नदिने विषयमा चर्किएको विपक्षी जनता समाजबादी पार्टी...

जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
  • २०७८ बैशाख १३, १७: ३५: १५

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्तावको विपक्ष र तठस्थमा...

भर्खरै

TOP