May 14, 2021, Friday

मन्त्री रायामाझीलाई कोरोना पुष्टि भएपछि मन्त्रिपरिषद् बैठकमा सहभागी मन्त्रीहरु तनावमा


नयाँ बिकल्प,

काठमाडौं – प्रधानमन्त्री केपी ओलीको मन्त्रिपरिषदका सदस्य ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उद्घाटन, शिलान्यास, भेला, सम्मेलनमा निकै सक्रिय बनेका मन्त्री रायमाझीसँगै उनका परिवारका अन्य सदस्यलाई पनि कोरोना संक्रमण देखिएको छ ।

सोमबार साँझ पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो । सो बैठकमा मन्त्री रायमाझी सहित १७ जना मन्त्री मन्त्रिपरिषद् बैठकमा सहभागी थिए ।

मन्त्रिपरिषद् अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको परिषद् बैठकस्थलमा तीन मिटरको दूर यथेष्ठ रहे पनि अन्य क्याबिनेट मन्त्रीको आसनको दूरी तीन मिटर भन्दा कम छ । जसकारण प्रधानमन्त्री ओलीका साथै अन्य मन्त्री पनि कोरोना संक्रमणको सम्भावित जोखिममा परेका छन् ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७८ बैशाख १४, १४: ०३: ००

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७८ बैशाख १४, १४: ०३: ००

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७८ बैशाख १४, १४: ०३: ००

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP