May 19, 2021, Wednesday

गण्डकी सरकार विरूद्ध अविश्वास प्रस्तावः काेराेना संक्रमित सांसदलाइ मतदानमा सहभागी गराइने


नयाँ विकल्प,


काठमाडाैं-गण्डकीका ३ सांसदलाई कोरोना, संक्रमित भए पनि अविश्वास प्रस्तावमा मतदान सहभागी गराइने भएकाे छ । गण्डकी प्रदेशका ३ जना सांसद र एक जना कर्मचारी कोरोना संक्रमित भएका छन्।

कोरोना संक्रमित हुने सांसदहरुमा एमालेका राजिव पहारी र प्रभा कोइराला रहेका छन् भने कांग्रेसका मनकुमारी गुरुङ रहेकी छिन्। प्रदेशको विशेष अधिवेसनको दोस्रो दिन मंगलबार सत्तारुढ एमालेले सांसदको पिसिआर परिक्षण गर्न माग गर्दै संसद अवरोध गरेपछि मंगलबार नै उनीहरुको स्वाब लिएको थियो।

उक्त स्वाब परिक्षण गर्दा ३ जना सांसदको रिपोर्ट पाजेटिभ आएको थियाे । होम आइसोलेसनमा उनीहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेको बताइएकाे छ ।

मंगलबार सदन अवरोध भएपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकालाई बोल्न नदिने तर मतदान गर्न दिने सहमति गरेको थियो। अविश्वास प्रस्ताव माथि मतदान कहिले गर्ने टुङ्गो नलागेको उनको भनाइ छ।

सम्बन्धित समाचार

देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
  • २०७८ बैशाख १५, १०: ४९: ४१

नयाँ बिकल्प,काठमाडौं । कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैं देशमा कोरोना संक्रमणको महामारीबाट दैनिक दुई सयको हाराहारीमा नेपाली...

उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
  • २०७८ बैशाख १५, १०: ४९: ४१

नयाँ बिकल्प,काठमाडौं । सत्तारुढ केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्वासको मत दिने र नदिने विषयमा चर्किएको विपक्षी जनता समाजबादी पार्टी...

जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
  • २०७८ बैशाख १५, १०: ४९: ४१

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्तावको विपक्ष र तठस्थमा...

भर्खरै

TOP