May 14, 2021, Friday

काेराेना संक्रमित पूर्वरानी कोमलकाे आइसियूमा उपचार हुँदैं, अबस्था कमजाेर


नयाँ विकल्प,


काठमाडाैं- कोरोनाभाइरसको संक्रमण भएर राजधानीको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहको अवस्था कमजाेर बन्दै गएकाे अस्पताले जनाएकाे छ ।

काेमललाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि अस्पतालको आइसियूमा भर्ना गरिएको छ। पूर्वरानी शाहको उपचारमा संलग्न डाक्टर का अनुसार उनलाई धेरै नै अक्सिजन दिनु परेको छ।

दुइदिन अघिसम्म प्रतिमिनेट २-३ लिटर अक्सिजन दिएकाेका अवस्था थप कमजाेर बन्दै गएपछि अक्सिजनकाे मात्र बढाइएकाे छ अहिले काेमलाइ प्रतिमिनेट १० लिटर सम्म अक्सिजन दिनुपरेकाे अस्पतालले जनाएकाे छ ।

भारतमा कुम्भमेलामा सहभागि बनेर फर्केका पूर्वराजा दम्पतिकाे काेराेना संक्रमण पुष्टि भएकाे थियाे । कोरोना संक्रमण भएर सोही अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्रको अवस्था भने सामान्य नर्भिक अस्पतालले जनाएकाे छ ।

वैशाख ७ गते पूर्वराजपरिवारलाई कोरोना संक्रमण पुष्टि भएपछि दुबैजनाकाे नर्भिक अस्पतालमा उपचार भैरहेकाे छ ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७८ बैशाख १६, ११: ०३: २६

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७८ बैशाख १६, ११: ०३: २६

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७८ बैशाख १६, ११: ०३: २६

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP