August 1, 2021, Sunday

अक्सिजन र भेण्टिलेटरको व्यवस्था तत्काल गर्न कांग्रेसको माग, सहयोग गर्न पार्टी कार्यकर्तालाई आव्हान

नयाँ बिकल्प,

काठमाडौं । नेपाली कांग्रेसले देश कोभिड—१९ महामारीको दोस्रो चरणमा रहेको भन्दै संक्रमितको उपचारको लागि आवश्यक अक्सिजन र भेण्टिलेटरको तत्काल आपूर्ती सह जगर्न सरकारसँग माग गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कोभिड–१९ संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन र भेन्टिलेटरसहित अस्पताल बेड, आइसियु वेड, औषधी र अन्य आवश्यक स्वास्थ्य सामाग्रीहरुको तत्काल समुचित व्यवस्था गर्न शुक्रबार माग गरेका हुन् ।

सभापति देउवाले प्रेस विज्ञप्ति जारी गर्दै सबै जिल्लामा कन्ट्याक ट्रेसिङ्गलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरुको पिसीआर परिक्षण गर्न, सिमा नाकामा अनिवार्य पिसिआर परिक्षण र परिक्षणको नतिजा नआउन्जेल होल्डीङ केन्द्रहरुमा राख्ने व्यवस्था गर्न समेत माग गरेका छन् ।

‘परिक्षणमा संक्रमित देखिएकाहरुलाई स्थानीय निकायहरुको समन्वयमा आइसोलेसन केन्द्रमा राख्ने व्यवस्था गर्न, स्वास्थ्यकर्मी, सफाईकर्मी र सुरक्षाकर्मीलाई विमा र जोखिम भत्ता तत्काल कार्यान्वयन गर्न, स्वास्थ्य जनशक्तिको अभाव पूर्ती गर्न गरियोस’, सभापति देउवाले आफ्नो विज्ञप्तिमा भनेका छन् ।

कांग्रेसले पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राख्ने सरकारको गैर जिम्मेवारीपूर्ण रवैयाको भत्र्सना गर्दै खोप र अत्यावश्यक स्वास्थ्य सामाग्रीको आपूर्ति सुनिश्चित गर्न प्रभावकारी कुटनैतिक पहल गर्न माग गरेको छ ।

लकडाउनका समयमा कृषि उपज तथा अन्य उपभोग्य वस्तुहरुको आपूर्ति र आवत—जावतलाई
सहज गर्न, विदेशमा जानेहरुलाई आवश्यक पिसिआर परिक्षण गर्ने अस्पतालहरुको संख्या बढाउन, आर्थिक मारमा परेका आमनागरिक, श्रमिक र साना व्यवसायीहरुलाई राहत र सहयोगको कार्ययोजना ल्याउन सरकारसँग कांग्रेसले माग गरेको छ ।

मास्क अनिवार्य लगाउने, सावुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षा मापदण्डहरुलाई कडाइका साथ लागू गर्न अनुगमन संयन्त्र मजवुत गर्न माग गरिएको छ ।

विज्ञप्तिमा अत्यन्त कम संख्यामा पिसीआर परिक्षण हुँदा पनि ३७ प्रतिशत संक्रमित देखिनु देशमा संक्रमितको संख्या धेरै बढी भएको सहजै निष्कर्ष निकाल्न सकिने भन्दै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेकोमा चिन्ता व्यक्त गरिएको छ ।

कोरोनाको यस्तो भयावह परिस्थिति आउनुमा सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यता जिम्मेवार रहेको निष्कर्ष निकाल्दै कांग्रेसले अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडक—भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकोले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको दाबी गरेको छ ।

सहयोग गर्न कार्यकर्तालाई आव्हान

यसैबीच, कांग्रेसले कोभिड–१९ को संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन संक्रमणलाई रोकथाम गर्न, संक्रमितहरुलाई उपचार पहँुचमा सघाउन तथा राहत कार्य गर्न चार प्रतिवद्धता जनाएको छ ।

कांग्रेसले अनिवार्य मास्क लगाउने, सावुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न पार्टीका केन्द्रदेखि स्थानीय तहसम्मका सबै संरचनाहरुलाई देशभरी सचेतना अभियान संचालन गर्न क्रियाशील हुन आव्हान गरेको छ ।

सभापति देउवाले गरेको आव्हानमा कोभिड—१९ बाट संक्रमित भई उपचारको पहुँचमा पुग्न समस्यामा परेकालाई सहयोग गर्न, लकडाउनका कारण आर्थिक सामाजिक समस्या परेकाहरुलाई सहयोग अभियान चलाउन, अग्रीम वुकिङ गरेको खोप संख्याबाट आवश्यक नभएको खोप नेपाललाई उपलब्ध गराउन अनुरोध गरेको छ ।

अमेरिकाले नेपाललाई खोप सहयोग गर्ने भनि गरिएको निर्णयको स्वागत गर्दै अन्य विकसित मित्र राष्ट्रहरुलाई पनि खोप सहयोग पु¥याउन कांग्रेसले आव्हान गरेको छ ।

सम्बन्धित समाचार

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल
कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल
  • २०७८ बैशाख १७, १७: १०: ११

नयाँ विकल्प उदयपुर-जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ। वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना...

मेलम्ची बाढीः चनौटेको रातो पुल बगायो (भिडियाे)
मेलम्ची बाढीः चनौटेको रातो पुल बगायो (भिडियाे)
  • २०७८ बैशाख १७, १७: १०: ११

नयाँ विकल्प सिन्धुपाल्चोक- शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ। स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे...

मेलम्चीमा फेरि गयो बाढीः रेडियो मेलम्चीको भवन ढल्यो, रातो पुल जोखिममा
मेलम्चीमा फेरि गयो बाढीः रेडियो मेलम्चीको भवन ढल्यो, रातो पुल जोखिममा
  • २०७८ बैशाख १७, १७: १०: ११

नयाँ विकल्प सिन्धुपाल्चोक- मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए...

भर्खरै

TOP