May 18, 2021, Tuesday

१५ वर्षअघि दुर्घटनामा परेको एयर डायनेष्टीको हेलिकप्टर र दुई शव सेनाको टोलीले फेला पार्याे


नयाँ विकल्प,


काठमाडाैं- नेपाली सेनाकाे टाेलिलले १५ बर्ष अघि दुर्घटनामा परेर वेपत्ता बनेकाे एयर डाइनेस्टि र दुर्घटनामा मृत्यु भएकाे दुइजनाकाे सव फेला पारेकाे छ ।

सेनाको टोलीले बुधबार धौलागिरी बेस क्याम्पनजिकै हेलिकप्टर र दुई वटा शव भेटाएको हो। भग्नावशेषमा दुई वटा शव र हेलिकप्टर फेला पारेको सेनाले जनाएकाे छ ।

हिमाल सफाइमा निस्केको सेनाको टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र दुई शव फेला पारेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए।

हेलिकप्टरभन्दा केही समय टाढा शव फेला परेको र ती शवको पहिचान नभएको पौडेलले बताए। ‘ती शव हेलिकप्टरमा सवार व्यक्तिको हो वा हैन भन्ने पनि खुलेको छैन, बेस क्याम्पदेखि दुई सय मिटर दक्षिण शव फैला परेका छन्,’

पौडेलले भने, ‘एयर डायनेष्टीको हो भन्ने पुष्टि भइसक्यो, यसबारे विस्तृत जानकारी आउन बाँकी छ।’ हेलिकप्टरको अवशेष भने बेस क्याम्पबाट एक किलोमिटर टाढा रहेको पौडेलले बताए।

सेनासहित स्थानीय निकाय, संघसंस्था तथा स्थानीयको समन्वयमा सगरमाथासहित ६ वटा हिमाल सफाइ भइरहेको पौडेलले बताए।

सम्बन्धित समाचार

बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
  • २०७८ बैशाख १७, १७: ४४: १८

नयाँ विकल्पबुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जनामध्ये तीनजना रुपन्देहीका र एकजना अर्घाखांचीका...

भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
  • २०७८ बैशाख १७, १७: ४४: १८

नयाँ विकल्प, काठमाडाैं- भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात्...

कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
  • २०७८ बैशाख १७, १७: ४४: १८

नयाँ विकल्प, काठमाडाैं-सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणले मृत्यु भएको छ। विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै आज...

भर्खरै

TOP