June 21, 2021, Monday

चलाख बन्न खाेज्दा यसरी चिप्लिए मुख्यमन्त्री पाेखरेल !


नयाँ विकल्प,


काठमाडाैं- ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई र जनता समाजवादी पार्टी (जसपा) का चार जना पदमुक्त भएसंगै ८१ सदस्यीय भएको छ ।

जसमा पोखरेलको पार्टी नेकपा एमालेका ४१ सांसद छन् । एमालेलाई बहुमतका लागि चाहिने संख्या पनि ४१ नै हो । त्यसैले एमालेले एकल बहुमतको सरकार गठन गर्ने र पुनः मुख्यमन्त्रीकाे सपथ खाने दाउ बनाएका पाेखरेल तव जिल्लिए जब प्रदेशसभा सदस्य विमला वलीले नेकपा माओवादी केन्द्र रोजिन ।

वली दाङ ३ (ख) मा भएको उपचुनावमा साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट विजयी भएकी थिइन् । एमालेले एकल बहुमतको सरकार गठनका लागि दाबी गरे लगत्तै वलीले माओवादी केन्द्र रोजेको सूचना सार्वजनिक भएसंगै पाेखरेलकाे अविस्वासकाे प्रस्ताव छलेर पुनः मुख्यमन्त्री बन्ने सपना लगभग अन्त्य भएकाे छ ।

पोखरेलले प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई बुझाएको राजीनामा पत्रमा संविधानको धारा १६८ (१) अन्तर्गत नयाँ सरकार बनाउन मार्गप्रशस्त गर्न राजीनामा दिएको उल्लेख गरेका थिए । संविधानको उक्त धारामा ‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुनेछ’ भन्ने उल्लेख छ।

पाेखरेल यसै संविधानकाे धारामा टेकेर अविस्वासकाे प्रस्ताव छल्दै बहुमत प्राप्त दलकाे नेताकाे हैसियतले सिधै प्रदेश प्रमुखबाट सपथ खाने तयारीमा थिए । यसअघि पाेखरेलकाे सरकार गठन संविधानको धारा १६८(२) अनुसारको संयुक्त सरकार बनेकाे थियाे ।

आफ्नै सरकारमा सहभागी जनता समाजवादी पार्टीका ४ जना सांसद निलम्बनमा पर्नु र माओवादी केन्द्रले दुइ सांसदलाइ कारवाही गर्दै निलम्बन गरेपछि पाेखरेल एमालेकै एकल सरकार गठन गर्ने दाउमा थिए । वैशाख ६ मा विपक्षी दलहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि पाेखरेलले हठातमा प्रदेश सभा अधिवेशन अन्त्य गरे, प्रदेश सभाको विशेष अधिवेशन सुरू हुने दिन बिहानै राजीनामा बुझाए ।

पाेखरेललाइ लागेकाे थियाे राजीनामा दिएकाे केही घण्टामा पुनः मुख्यमन्त्रीकाे सपथ खाने छु र दुइवर्ष सरकार टिकाउने छु । तर पाेखरेलकाे याे जालझेल ,पार्टी पुट र विपक्षि दलका सांसद कारवाहीमा परेकाे अवस्थामा राजनीतिक छलाङ मार्ने याेजना एक पटक फेरी चकनाचु बनेकाे छ ।


दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा माओवादी केन्द्रसमेतको समर्थनमा मुख्यमन्त्री बनेका थिए । नेकपा विभाजन संगै पूर्व माओवादीकाे समर्थन गुमाएका पाेखरेलले जनता समाजवादी दलका केही सांसदलाइ मन्त्री बनाएर पद जाेगाउने प्रयास गरे , तिनै सांसद कारवाहीमा परेपछि पुनः बहुमतकाे आधारमा मुख्यमन्त्री बनिरहने याेजना पनि पाेखरेलकाे सफल हुन सकेन ।

यसरी चिप्लियाे पाेखरेलकाे याेजना

तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि निर्वाचन आयोगले उपनिर्वाचनबाट चुनाव जितेका जनप्रतिनिधिले दल रोज्न पाउने व्यवस्था गरिदिएको थियो।

दुइ दल एकिकरण पछि चुनाव जितेर आउने सांसदलाइ विभाजीत दुइ दल मध्ये एक दल छान्ने सुविधा छ । गत उपनिर्वाचन हुँदा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीबाट चुनाव जितेकी लुम्बिनी प्रदेश सभा सदस्य विमला वली (खत्री) ले यही सुविधा प्रयाेग गर्दै आइतबार मात्र नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोजेकी छन्।

२०७६ मंसिरमा भएको चुनावमा वलीले दाङ ३ (ख)बाट चुनाव जितेकी थिइन्। उक्त क्षेत्रमा सांसद रहेका उनका श्रीमान् उत्तरकुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि उपचुनाव भएको थियो।

उत्तरकुमार नेकपा एमालेका उम्मेदवार थिए। मुख्यमन्त्री पाेखरेलले सांसद विमलालाइ पनि एमाले सांसदकै रूपमा ४१ सदस्यमा राखेका थिए । तर वलीले माओवादी केन्द्र रोजेसँगै मुख्यमन्त्री शंकर पोखरेलको योजना विफल भएकाे छ ।
याे संगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री पाेखरेल स्वतहः अल्पमतमा परेका छन् ।

सम्बन्धित समाचार

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
  • २०७८ बैशाख १९, १६: १३: ०२

नयाँ विकल्प, काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको...

ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
  • २०७८ बैशाख १९, १६: १३: ०२

नयाँ बिकल्प, काठमाडौंः पार्टीको ह्वीप उलंघन गरेको भन्दै कारबाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दा अब...

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
  • २०७८ बैशाख १९, १६: १३: ०२

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९...

भर्खरै

TOP