May 14, 2021, Friday

लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले शंकर पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरे


नयाँ विकल्प,


काठमाडाैं- शंकर पोखरेल पुनः मुख्य मन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख धर्मनाथ यादवले नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दावी पेश गरेका थिए।

पाेखरेलकाे मुख्यमन्त्री पुनः नियुक्तिमाथी कानुनी र राजनीतिक प्रश्न उठेकाे छ । पाेखरेले बहुमत सदस्यकाे नामावली दिएका सांसद उनीसंग नरहेकाे स्पष्ट पारि सकेका छन् । यस्ताे अबस्थमा उनकाे मुख्यमन्त्री नियुक्तले कानुनी मान्यता नपाउने संभावना प्रवल छ ।

पाेखरेलले बहुमत दावी गर्दै पुनः मुख्यमन्त्रीकाे सपथ खाने तयारी गरेपछि विपक्षि दलका ४० सांसद नियुक्ति नगर्न प्रदेश प्रमुख समक्ष निवेदन दिएका थिए ।८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद भनिए पनि उपनिर्वाचनबाट विजयी सांसद विमला वली (खत्री) ले नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोजेपछि एमालेको पक्षमा ४० सांसद सीमित रहेको छ ।

माओवादी केन्द्रका नेता कुलप्रसाद केसीले आफूलाई मुख्यमन्त्री बनाउनुपर्ने दाबी प्रदेश प्रमुखसमक्ष गर्न लागेका छन्। मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा केसीको नाम अर्को मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको थियो।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७८ बैशाख १९, १६: ३२: ४९

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७८ बैशाख १९, १६: ३२: ४९

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७८ बैशाख १९, १६: ३२: ४९

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP