May 10, 2021, Monday

कांग्रेस नेता संविधान सभा सदस्य खड्काको निधन


नयाँ बिकल्प,
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा संविधान सभा सदस्य शिवबहादुर खड्काको आइतबार निधन भएको छ ।

भद्र अवज्ञा, सत्याग्रहका साथै नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका हरेक संघर्षमा अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेका खड्का कांग्रेसको विभिन्न तहमा रहेर पार्टी संगठन, विस्तार एवं सुदृढिकरणमा सदैव क्रियाशिल रहँदै आएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जनाए ।

नेपाल विद्यार्थी संघको संस्थापक सदस्य, कांग्रेस रामेछापका जिल्ला सभापति, जिल्ला विकास समितिका सभापति समेत रहेका खड्काले जिल्लाको समग्र विकासमा दिएको योगदान प्रसंशनीय एवं उदाहरणीय रहेको छ ।

२०७० मा बौद्धिक क्षेत्रबाट संविधान सभा सदस्यमा मनोनित खड्काले संविधान लेखन कार्यमा उल्लेखनीय योगदान छ । शान्त र सरल व्यक्तित्वका धनी नेता खड्काको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको कांग्रेस सभापति शेरबहादुर देउवाले जनाएका छन् ।

एक कुशल संगठनकर्ता, इमान्दार एवं निष्ठावान नेता खड्को निधनप्रति कांग्रेस सभापति, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्णबहादुर खड्का लगायतले गहिरो समवेदना व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

नेपाल-खनाल समुह बैठकः   ओलीलाई  विश्वासकाे मत नदिने निर्णय
नेपाल-खनाल समुह बैठकः ओलीलाई विश्वासकाे मत नदिने निर्णय
  • २०७८ बैशाख १९, १९: ४५: २४

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने बैठकमा नेकपा एमालेकाे माधव कुमार नेपाल- झलनाथ खनाल समुहले बहिस्कार...

एसईई र कक्षा १२ को परीक्षा स्थगित
एसईई र कक्षा १२ को परीक्षा स्थगित
  • २०७८ बैशाख १९, १९: ४५: २४

नयाँ विकल्प, काठमाडाैं-यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल...

नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
  • २०७८ बैशाख १९, १९: ४५: २४

नयाँ विकल्प, काठमाडाैैं- नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । संघीय संसद सचिवालय सिंहदरबारमा सुरु भएको...

भर्खरै

TOP