May 18, 2021, Tuesday

लुम्बिनी प्रदेशमा सत्तापक्षको प्रस्तुति अलोकतान्त्रिक, असंवैधानिक र निन्दनीय- देउवा

नयाँ बिकल्प,
काठमाडौं । लुम्बिनी प्रदेशमा आइतबार भएको राजनीतिक घटनाक्रमलाई नेपाली कांग्रेसले संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्ति भन्दै कडा निन्दा र भत्सर्ना गरेको छ ।

नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै पहिले अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसंग बहुमत छ भनेर मान्नु र पुनः मुख्य मन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक दृष्टिकोणले आपत्तिजनक र लज्जास्पद भएको कांग्रेस सभापति देउवाले जनाएका छन् ।

सभापति देउवाले आइत विज्ञप्ति जारी गर्दै नेकपाबाट निर्वाचित एक सांसदले माओवादी संलग्नता प्रष्ट गरेको, एमालेबाट निर्वाचित एक सांसदले सांसद पदबाट नै राजीनामा गरेको र कांग्रेस, माओवादी, जसपा र राजमो दलले वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा संसदीय मुल्य मान्यता विपरीत मुख्य मन्त्री नियत्ति आपत्तिजनक भनेका छन् ।

संविधान बमोजिम संसदमा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपु¥याई राजीनामाको नाटक गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु नेपालको संविधान एवम संसदीय मुल्य–मान्यता, विधि र पद्धतिको ठाडो उल्लंघन भएको कांग्रेसले ठहर गरेको छ ।

केन्द्रमा प्रस्तुत हुंदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत हुनु अत्यन्तै गम्भीर भएको भन्दै सभापति देउवाले बलमिच्याईंले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसदको बहुमत अनुरुप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न चेतावनी दिएका छन् ।

प्रदेश संसदको प्रक्रियालाई छल्दै राजिनामा दिएका लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेश सभामा आफ्नो बहुमत रहेको झुटो विवरण र दाबीको आधारमा प्रदेश प्रमुखले पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

सम्बन्धित समाचार

बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
  • २०७८ बैशाख १९, २०: ०९: २७

नयाँ विकल्पबुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जनामध्ये तीनजना रुपन्देहीका र एकजना अर्घाखांचीका...

भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
  • २०७८ बैशाख १९, २०: ०९: २७

नयाँ विकल्प, काठमाडाैं- भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात्...

कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
  • २०७८ बैशाख १९, २०: ०९: २७

नयाँ विकल्प, काठमाडाैं-सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणले मृत्यु भएको छ। विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै आज...

भर्खरै

TOP