June 21, 2021, Monday

कोरोनाबाट बच्न पत्रकार महासंघको आग्रहः संक्रमित २० को उपचार हुँदै ७ को निधन


नयाँ बिकल्प,

काठमाडौंः नेपाल पत्रकार महासंघले कोरोना संक्रमणको कारण प्रेस जगत चुनैतिपूर्ण अवस्थामा रहेको जनाएको छ ।

अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवस मे ३ को अवसरमा संचारकर्मीहरुलाई शुभकामना सन्देश दिँदै महासंघले हालसम्म ५ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका र ७ जना पत्रकारको निधन भएको जनाएको छ । संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने त्यसमा पनि २ जना पत्रकार आइसीयुमा छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना ९कोभिड—१९० संक्रमणको दोस्रो लहर नेपालमा पनि बढिरहँदा उच्च जोखिम बढीरहेको भन्दै महासंघका महासचिव रोषन पुरीले सोमबार बक्तव्य जारी गर्दै अग्रभागमा रहेर काम गर्ने पत्रकारहरु बर्तमान संवेदनशील घडीमा अनेक कठिनाईका बाबजूद कार्यस्थलमा खटिने पत्रकारहरुलाई अझ बढी गम्भीर र सचेत हुन आव्हान गरेका छन् ।

महासंघले अक्सिजनसहितको आइसोलेसनको व्यवस्था गर्न, स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपतकालीन टोली काम गर्न मातहतका समितिलाई निर्देशन दिएको जनाएको छ ।

महासंघले कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउन र आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग आग्रह गरेको छ ।

कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रवन्ध मिलाउन सरकारको महासंघले ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित समाचार

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
  • २०७८ बैशाख २०, १८: ३७: ०४

नयाँ विकल्प, काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको...

ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
  • २०७८ बैशाख २०, १८: ३७: ०४

नयाँ बिकल्प, काठमाडौंः पार्टीको ह्वीप उलंघन गरेको भन्दै कारबाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दा अब...

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
  • २०७८ बैशाख २०, १८: ३७: ०४

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९...

भर्खरै

TOP