June 20, 2021, Sunday

कांग्रेस प्रवक्ता शर्मासहित केन्द्रीय सदस्य भण्डारी, श्रेष्ठ र चौधरीलाई कोरोना संक्रमण


नयाँ बिकल्प,

काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासहित तीन केन्द्रीय सदस्यलाई कोभिड १९ संक्रमण भएको छ ।

प्रवक्ता शर्माले आइतबार ललितपुरको स्टार अस्पतालमा स्वाब परिक्षण गराएको र त्यसको रिपोर्ट सोमबार बिहान आएपछि होम आइसोलेसनमा बसेका छन् । शर्माले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजि सञ्जाल फेसबुक र ट्विटरमार्फत सोमबार बिहान दिएका थिए । उनले आम नागरिकलाई संक्रमणबाट बच्न सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।

यस्तै, पार्टी केन्द्रीय सदस्य तथा तरुण दल विभागका संयोजक शंकर भण्डारीलाई पनि कोरोना संक्रमण भएको छ । बैशाख १८ गते आफूसहित परिवारका सदस्य श्रीमती र छोरामा कोरोना संक्रमण देखिएको भण्डारीले जनाएका छन् । उनी घरमै आइसोलेसनमा बसेका थिए।

भण्डारीको शरीरमा अक्सिजनको मात्रा कम देखिएपछि उनलाई सोमबार ग्राण्डि इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको उनका प्रेस सल्लाहकार डम्वर अधिकारीले बताए ।

यस्तै, पूर्वस्वाथ्य मन्त्री समेत भएका कांग्रेस केन्द्रीय सदस्य रामजनम चौधरी पनि कोरोनाबाट संक्रमित भएका छन् । गृह जिल्ला कैलालीमा रहेका चौधरी एक सातादेखि संक्रमित छन् । उनको उपचार कैलालीको धनगढीस्थित अस्पतालमा भइरहेको छ ।

कांग्रेसका अर्का केन्द्रीय सदस्य तथा व्यवसाय विभाग संयोजक चिनकाजी श्रेष्ठलाई समेत कोरोना पोजेटिभ देखिएको छ । कोरोनाबाट नेपाल बिद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सिना समेत संक्रमित भएका छन् । तिमिल्सिना पनि घरमै आइसोलेसनमा बसेका छन् ।

सम्बन्धित समाचार

‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’
‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’
  • २०७८ बैशाख २०, २२: ०९: २४

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको आगामी १४ औं महाधिवशेनमा पुन सभापति जिताउन संस्थापन पक्षधरका नेता...

शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित
शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित
  • २०७८ बैशाख २०, २२: ०९: २४

नयाँ बिकल्प, काठमाडौं । धितोपत्र बोर्डले गत मंगलबार ५१ वटा संस्थाले शेयर बजारमा आन्तरिक चलखेल गरी शेयर मुल्य बढाएको र...

देउवाकाे सभापति दोहोर्याउने चाहनाः बागमति र गण्डकी प्रदेशका नेतासँग छुट्टा छुट्टै परामर्शमा
देउवाकाे सभापति दोहोर्याउने चाहनाः बागमति र गण्डकी प्रदेशका नेतासँग छुट्टा छुट्टै परामर्शमा
  • २०७८ बैशाख २०, २२: ०९: २४

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्वमा पुनः दोहोरिने चाहना प्रकट गरेका छन्।पार्टी केन्द्रीय कार्यसमितिको शुक्रबारको...

भर्खरै

TOP