May 14, 2021, Friday

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख शेरचन र पन्त हटाएर पौडेल र यादव ल्याइयो


नयाँ बिकल्प,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचना र सुदूरपश्चिम प्रदेश प्रमुख सर्मिला कुमारी पन्तलाई पदबाट हटाएकी छन् ।

गण्डकी प्रदेश प्रमुखमा एमालेकी पूर्व सांसद सीता पौडेललाई र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्ति गरेसँगै शेरचन र पन्तको प्रदेश प्रमुख पद स्वत खारेज भएको हो । यादव पनि एमालेका सक्रिय कार्यकर्ता हुन् ।

२०७६ साल कात्तिक १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले कार्यकाल नपुगी सात वटै प्रदेश प्रमुखलाई बर्खास्त गरी एमाले र माओबादी पृष्ठभूमिका सात जनालाई नियुक्त गरेकी थिइन् ।

माओबादी पृष्ठभूमिका २ नम्वर प्रदेश प्रमुख तिलक परियारलाई गत वर्ष नै ओलीले हटाएका थिए । २ नम्वर प्रदेशमा राजेश झा अहिराजलाई नियुक्त गरिएको थियो । गण्डकी प्रदेश प्रमुख शेरचन माओबादीका पूर्व बरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री हुन भने पन्त माओबादी जनयुद्धमा लागेर सहादत प्राप्त ज्ञानेन्द्र त्रिपाठीकी पत्नी हुन् ।

आफू अनुकूल प्रदेशका मुख्यमन्त्रीलाई काम गर्न सजिलो होस भनी प्रधानमन्त्री ओलीको इसारामा माओबादी पृष्ठभूमिका दुवै प्रदेश प्रमुखलाई हठात निकालिएको हो । लुम्विनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादव जस्तै अनुयायी वा इसारामा चल्ने प्रदेश प्रमुख खोज्ने क्रममा प्रधानमन्त्रीले यस्तो कदम चालेको टिप्पणी राजनीतिक बृत्तमा गरिएको छ ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७८ बैशाख २०, २३: २५: ५९

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७८ बैशाख २०, २३: २५: ५९

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७८ बैशाख २०, २३: २५: ५९

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP