June 21, 2021, Monday

सरकार गठनमा जसपा भित्र चलखेल सुरूः महन्थ र राजेन्द्रले खाली कागजमा हस्ताक्षर गराउन थाले


नयाँ विकल्प,


काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने घाेषणा गरेसंगै सरकार गठनमा नयाँ खेल सुरू भएकाे छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोले कार्यकारिणी सदस्य र सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गराएका गरेका छन् ।

महताे र ठाकुर प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् । दुबै जनाकाे आग्रहमा ओली सरकारले मधेश आन्दाेलनमा मुद्दा खेपी रहेका नेता कार्यकर्ताकाे मुद्दा फिर्ता समेत लिएकाे छ ।

पछिल्लाे समय गराइएकाे खाली कागजमा हस्ताक्षर प्रधानमन्त्री ओलीकाे समर्थनमा प्रयाेग हुने संभावना प्रवल रहेकाे जसपा स्राेतकाे दावी छ ।

ठाकुर र महताेले खाली कागजमा हस्ताक्षर गराइएकाहरूलाइ जुनसुकै बेला पनि आवश्यक कदम चाल्न पर्ने अवस्था आउन सक्ने भएकाले हस्ताक्षर संकलन गर्नु परेकाे जानकारी गराएका छन् ।

खाली कागजमा हस्ताक्षर गर्ने कार्यकारीणी सदस्य र सांसदहरूले हस्ताक्षर गरेपनि कुन प्रयोजन आफ्नाे हस्ताक्षर प्रयाेग हुने हाे भन्नेबारे अनभिज्ञ छन् ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिका रेशम चौधरी जेलमा छन्। ५० सदस्य कायम रहेको कार्यकारिणी समितिमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवसँग बहुमत छ।

याे संगै जनता समाजवादी पार्टी फुटकाे संघारमा रहेकाे भन्दै जसपा भित्र राजनीतिक तरंग उत्पन्न भएकाे छ ।

सम्बन्धित समाचार

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
  • २०७८ बैशाख २१, १२: ०४: ५१

नयाँ विकल्प, काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको...

ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
  • २०७८ बैशाख २१, १२: ०४: ५१

नयाँ बिकल्प, काठमाडौंः पार्टीको ह्वीप उलंघन गरेको भन्दै कारबाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दा अब...

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
  • २०७८ बैशाख २१, १२: ०४: ५१

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९...

भर्खरै

TOP