June 21, 2021, Monday

अष्ट्रेलियाका राजदूत दाहाललाई सरकारले फिर्ता बोलायो, राणा र पराजुली यथावत जिम्मेवारीमै


नयाँ विकल्प
काठमाडाैं- सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो।


राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय भएको मुख्य सचिव शंकरदास बैरागी मार्फत पाएकाे बताएका छन् । दाहाललाइ गत वर्ष जेठ २५ गते सरकारले राजदूत सिफारिस गरेको थियो।

दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटामा राजदूत बनेका हुन्। अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई दुई वर्षे कार्यकाल छँदै फिर्ता बोलाएको हाे ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानी नियोगकी राजदूत प्रतिभा राणालाई यथावत अवस्थमा राखिएकाे छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दाहाललाइ फिर्ता बाेलाउने तथा राणा र पराजुलीलाई निरन्तता दिने निर्णय गरेको हो । राणा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी सासु नाता पर्छिन् । त्यस्तै, ढकाल भने म्यानपावर व्यवसायीको रुपमा परिचित छिन् ।

राणालाई कांग्रेस र माओवादी केन्द्रको गठबन्धमा बनेको प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले वैशाख २०७४ मा राजदूत बनाइएको थियो । ढकाल पनि त्यही सरकारको पालामा कांग्रेसका नेता विजय कुमार गच्छदारको कोटाबाट राजदूत बनेकी हुन् ।

सम्बन्धित समाचार

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
  • २०७८ बैशाख २१, १४: ०५: ०५

नयाँ विकल्प, काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको...

ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
  • २०७८ बैशाख २१, १४: ०५: ०५

नयाँ बिकल्प, काठमाडौंः पार्टीको ह्वीप उलंघन गरेको भन्दै कारबाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दा अब...

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
  • २०७८ बैशाख २१, १४: ०५: ०५

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९...

भर्खरै

TOP