August 1, 2021, Sunday

प्रधानमन्त्री ओली राष्ट्रघाततर्फ उन्मुखः रावल


नयाँ विकल्प,


काठमाडाैं-नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद पुनर्गठन गरिनु लोकतन्त्र र संविधानविपरीत रहेको प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै रावलले ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषदको हेरफेरमा अझ छताछुल्ल भएको बताएका छन्।‘

ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषदको हेरफेरमा अझ छताछुल्ल भएको छ,’ उनले भनेका छन्।

रावलले ओलीको निर्णय गत आमनिर्वाचनमा जनताले दिएको जनादेशविपरीत रहेको प्रतिक्रिया दिएका छन्। उनले दुई पटक संविधानसभाको निर्वाचन भई जनाताले ठूलो मूल्य चुकाएर जारी भएको संविधान संशोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात भएको बताएका छन्।

उनले यसमा रहेका लोकतन्त्रघातीहरुको नाम सार्वजनिक होस् भन्ने माग गरेका छन्।‘ओलीका यसप्रकारका राष्ट्रघाति, जनघाति, लोकतन्त्र र पार्टीको नीति, सिद्धान्त र विधानविपरीतका क्रियाकलापबाट देश, जनता र लोकतन्त्र जोगाउन हामी आवश्यक दृढ पाइला चाल्नैपर्ने स्थितीमा पुगेका छौं।’, रावलले भनेका छन्।

सम्बन्धित समाचार

हिजोको दिनमा भएका गल्ती नदोहोर्याइकन नयाँ ढङ्ग, पहिचान र रणनीतिबाट अबको सरकार अगाडि बढ्नुपर्छ
हिजोको दिनमा भएका गल्ती नदोहोर्याइकन नयाँ ढङ्ग, पहिचान र रणनीतिबाट अबको सरकार अगाडि बढ्नुपर्छ
  • २०७८ जेष्ठ २२, १४: ३७: ५५

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारको प्रमुख दायित्व के के छन् र ति कसरी कार्यान्वयन हुन्छन् ?होइन, त्यस्तो बिल्कुलै होइन । सरकार भर्खरै...

नेपाल प्रजातन्त्रको प्रयोगशाला अनि सर्वोच्च अदालत प्रजातन्त्रको पहरेदार
नेपाल प्रजातन्त्रको प्रयोगशाला अनि सर्वोच्च अदालत प्रजातन्त्रको पहरेदार
  • २०७८ जेष्ठ २२, १४: ३७: ५५

१. हाम्रो नेपालमा विश्वमा कतै नभएका राजनीतिक परिघटनाहरु हुने गर्छन् जसलाई प्रजातन्त्रका लागि नकारात्मक तथा सकारात्मक प्रयोगशालाको रुपमा लिनुपर्छ । पछिल्लो...

सरकार गठन गर्न नसक्ने अवस्था भयो भने स्वविवेक प्रयोग गर्न सकिन्छ
सरकार गठन गर्न नसक्ने अवस्था भयो भने स्वविवेक प्रयोग गर्न सकिन्छ
  • २०७८ जेष्ठ २२, १४: ३७: ५५

सर्वोच्च अदालतबाट संसद् विघटन सम्बन्धी परेको मुद्दाको अन्तिम फैसलाबाट के.पी. शर्मा ओली सत्ताबाट बाहिरिएका छन् । अहङ्कार र अन्तरविरोधको कारण आफ्नै...

भर्खरै

TOP