August 1, 2021, Sunday

नेपाललाई बहुल राज्य बनाउने राजेन्द्रकाे विवादास्पद अभिब्यक्ति २४ घण्टामै फेरियाे


नयाँ विकल्प,


काठमाडाैं- नेपाल बहुल राज्य भएकाे र त्याे एजेण्डा लागु गर्न सत्ताबाट समेत संघर्ष गर्ने विवादास्पद अभिव्यक्ति दिएका जनता समाजवादी पार्टीका नेता तथा उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले २४ घण्टा नवित्दै बाेली परिवर्नन गरेका छन् ।

शनिवार मध्यरातमा विज्ञप्ति जारी गर्दै महताेले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको बताएका हुन् । मन्त्री भएलगत्तै शुक्रबार कार्यभार सम्हाल्दै उनले बहुल राज्यको कुरा उठाएका थिए। मन्त्री महतोको भनाइलाई लिएर चौतर्फी आलोचना संगै उनकाे ठाउँ ठाउँमा पुत्ला दहन समेत भएकाे थियाे ।

महतोले प्रेस विज्ञप्ति निकाल्दै आफ्ना भनाइ बङ्ग्याएर र गलत अर्थ लाग्ने गरी प्रचारप्रसार भएकोमा ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। महतोले संविधानमा आफूहरूका असंतुष्टी रहेकोले संशोधनका लागि कार्यदलमा आफ्ना धारणा राख्ने पनि बताएका छन्।


‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिवद्ध रहेको छु। यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने म प्रष्ट पार्न चाहन्छु,’ उनले भनेका छन्।

यस्तो छ विज्ञप्ति:

सम्बन्धित समाचार

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल
कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल
  • २०७८ जेष्ठ २३, १०: ०६: ५९

नयाँ विकल्प उदयपुर-जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ। वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना...

मेलम्ची बाढीः चनौटेको रातो पुल बगायो (भिडियाे)
मेलम्ची बाढीः चनौटेको रातो पुल बगायो (भिडियाे)
  • २०७८ जेष्ठ २३, १०: ०६: ५९

नयाँ विकल्प सिन्धुपाल्चोक- शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ। स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे...

मेलम्चीमा फेरि गयो बाढीः रेडियो मेलम्चीको भवन ढल्यो, रातो पुल जोखिममा
मेलम्चीमा फेरि गयो बाढीः रेडियो मेलम्चीको भवन ढल्यो, रातो पुल जोखिममा
  • २०७८ जेष्ठ २३, १०: ०६: ५९

नयाँ विकल्प सिन्धुपाल्चोक- मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए...

भर्खरै

TOP