July 29, 2021, Thursday

मनाङेले साथ छाडेपछि मुख्यमन्त्री सुब्बाकाे पद धरापमा !


नयाँ विकल्प,


काठमाडाैं- विस्वाशकाे मतलागि सभा बैठक सुरू हुनैलाग्दा गण्डकी प्रदेशका खेलकूद मन्त्री राजीव गुरूङ (दीपक मनाङे) एकाएक सम्पर्क विहिन भएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ यतिवेला तनाबमा छन् ।

गुरूङ सम्पर्कमा नआएपछि सुब्बाबाे पद धरमपमा परेकाे छ । मनाङ्गेले बहुमत पुर्‍याउनेलाई आफूले साथ दिने बताएका थिए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन्।

मुख्यमन्त्री गुरूङले विश्वासको मत लिने पूर्वसन्ध्यामा स्वतन्त्र सांसदसमेत रहेका गुरूङले विपक्षी गठबन्धनलाई साथ दिने संकेत गरेसंगै सुब्बाकाे पद धरममा परेकाे हाे ।

६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ३१ चाहिन्छ। गरूङले जता बहुमत पुर्याउन सहज छ त्यतै समर्थन गर्ने बताउँनुले उनले सुब्बाकाे साथ छाडेकाे आकलन गरिएकाे छ ।

नेपाली कांग्रेसलगायत विपक्षी दललाई बहुमत पुर्‍याउन १ सांसद आवश्यक छ। गुरूङले साथ दिने भएपछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीका पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ।

बुधबार देखि सम्पर्क विहिन बनेका मनाङ्गे विहिबार समेत सम्पर्कमा आएका छैनन् । मुख्यमन्त्री गुरूङका पक्षमा एमालेका २७ सांसद छन्।

गण्डकी प्रदेशमा मन्त्री मनाङेसहित प्रदेश सरकारको पक्षमा २९ र विपक्षमा ३० मत थियो। तर बहुमत जुटाउन ३१ मत आवश्यक पर्ने हुँदा सत्तापक्ष र विपक्ष दुबै गठबन्धन अल्पमतमा थियो।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ जेष्ठ २७, ११: ४८: ५८

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ जेष्ठ २७, ११: ४८: ५८

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ जेष्ठ २७, ११: ४८: ५८

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP