July 29, 2021, Thursday

राज्यसत्ताको आडमा जतिसुकै तिकडम गरे पनि एमाले नेतृत्वको गण्डकी सरकार ढल्यो


नयाँ बिकल्प,

पोखरा । संघीय सरकारको आडमा राज्यसत्ताको सहाराले जतिसुकै तिकडम गरे पनि अन्तत एमाले गण्डकी प्रदेश सभा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार अन्ततः ढलेको छ विश्वासको मत पाउन असफल भएका छ।

प्रदेशसभाको बिहीबारको बैठकमा विश्वासको मत लिने प्रस्ताव बहुमतले अश्वीकृत भएपछि मुख्यमन्त्री गुरुङ नेतृत्वको एमाले सरकार ढलेको हो। मुख्यमन्त्री गुरुङको विश्वासको प्रस्तावको पक्षमा बैठकमा उपस्थित ५८ सांसदमध्ये २७ मत मात्र पर्यो ।

विश्वासको मत लिने प्रस्तावको विपक्षमा ३० मत खसेको थियो। राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसे भने मनाङबाट स्वतन्त्र उम्मेदवार भई प्रदेश सभामा विजयी भएका प्रदेशका खेलकुद मन्त्री दीपक मनाङे (राजिव गुरुङ) अनुपस्थित भएका थिए।

मुख्यमन्त्री गुरुङलाई सरकार टिकाइराख्न ३१ मत आवश्यक थियो। ६० सदस्यीय गण्डकी प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र एक जना स्वतन्त्र सांसद दिपक मनाङे छन्।

मुख्यमन्त्रीबाट गुरूङले बैशाख २६ गते राजिनामा दिएका थिए। विपक्षी गठबन्धनले सरकार बनाउन नसकेपछि ठूलो दलको नेताको हैसियतले वैशाख २९ गते दोस्रोपटक मुख्यमन्त्री बनेका थिए।

स्वतन्त्र सांसद मनाङे मुख्यमन्त्री गुरुङको विपक्षमा थिए। तर, उनलाई मन्त्री बनाएपछि आफ्नो सत्ता सुरक्षीत गर्ने रणनीति अख्तिया गरेका मुख्यमन्त्री गुरुङलाई जनमोर्चाका सांसद कृष्ण थापाले संसद बैठकमा अनुपस्थित भएर सहयोग गरेकै थिए।

विपक्षी नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने प्रस्तावमा पार्टीको निर्देशन विपरित हस्ताक्षर गर्न नमानेका थापालाई पार्टीले साधारण सदस्य र प्रदेश सांसदबाट हटाएको थियो।

तर, उनलाई सर्वोच्च अदालतको आदेशमा पुनर्वाहली गरियो। पुनः सांसद बहाली भएका थापा आज भने प्रस्तावको पक्ष वा विपक्षमा नलागी थठस्त बसे।

सम्बन्धित समाचार

नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबारमा पनि गिरावट
नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबारमा पनि गिरावट
  • २०७८ जेष्ठ २७, १९: ५४: १६

नयाँ बिकल्प, काठमाडौं – करिव ३१ सयको विन्दुमा पुगेको नेप्से बिहीवबार दोहोरो अंकले आरालो लागेको छ। आज १५.११ अंकले गिरावट...

मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसद पदबहाली मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसद पदबहाली मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
  • २०७८ जेष्ठ २७, १९: ५४: १६

नयाँ बिकल्प, काठमाडौं । तत्कालिन माओबादी केन्द्रबाट चुनाव लडेर प्रतिनिधिसभा सदस्य भएका ४ सांसदहरु एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको...

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ जेष्ठ २७, १९: ५४: १६

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

भर्खरै

TOP