July 29, 2021, Thursday

माओबादीका मुख्यमन्त्री जोगाउन फ्लोर क्रस गर्दा पदमुक्त एमालेका ४ सांसद पुनर्वाहली


नयाँ बिकल्प,

काठमाडौं । नेकपा माओबादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलका नेता समेत रहेका प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मत हाल्दा एमाले संसदीय दलको सिफारिसमा कारबाहीमा परेका ४ प्रदेश सांसद पुनर्वाहली भएका छन्।

सर्वोेच्च अदालतले कर्णाली प्रदेश सभाका चार सदस्यहरुलाई पुनर्बहाली गर्न आदेश दिएपछि पोलिटव्युरो सदस्य प्रकाश ज्वालासहति ४ सांसदको पद पुनर्वाहली भएको हो।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले बिहीबार प्रदेश सांसदहरु ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटी र संसदीय दलको निर्णयको बिरुद्ध अन्तरिम आदेश दिएको हो।

प्रदेशसभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुरा शाहीलाई मत दिएपछि पाटीले उनीहरूलाई पार्टीबाट निष्कासित गरी प्रदेश सभा सदस्यबाट समेत हटाउन सिफारिस गरेपछि पदमुक्त भएका थिए।

चारै प्रदेश सांसद एमालेको माधव नेपाल समूहका हुन्। बैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई पाटी संसदीय दलको ह्वीप उल्लंघन गरी विश्वासको मत दिएका थिए। कर्णाली प्रदेशका एमाले सांसदलाई कारबाही गरेपछि एमालेको ओली समूह उत्साहित थियो।

कर्णालीको नजिर सुदूरपश्चिम प्रदेशमा पर्ने देखिन्छ। जहाँ एमालेका १७ सांसदले पार्टी केन्द्रीय कमिटीको निर्देशन विपरित माओबादी नेतृत्वको प्रदेश सरकारलाई समर्थन गरेको थियो।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ जेष्ठ २७, २१: ४९: ४६

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ जेष्ठ २७, २१: ४९: ४६

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ जेष्ठ २७, २१: ४९: ४६

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP