July 29, 2021, Thursday

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रमप्रति काँग्रेसका जनप्रतिनिधिको आपत्ति


नयाँ बिकल्प,

काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पर्याप्त छलफल नगरी ल्याउन लागिएको भन्दै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बिरोध जनाउँदै नगर परिषद् बैठक बहिस्कार गर्ने भएका छन्।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले छलफलबिनै एकपक्षीय रुपमा नीति तथा कार्यक्रम ल्याउन लागेकाले आफूहरुको विरोध गर्नु परेको उपमेयर हरिप्रभा खड्कीले बताइन्।

कोभिडको महामारीका बेला जनतालाई राहत दिनेगरी बजेट ल्याउनु पर्नेमा मेयर शाक्यले कुनै छलफल नगरी नीति तथा कार्यक्रम ल्याउन लागेकाले आफूहरुको विरोध रहेको खड्गीले जनाइन्।

‘नीति तथा कार्यक्रम पढेर सुनाएर मात्रै हुँदैन, पर्याप्त छलफल गरी जनताको चाहना पनि समेटिनुपर्छ’, उनले भनिन्, ‘कोरोना विरुद्धको खोपको यथोचित प्रबन्ध, महानगरवासीलाई राहतको प्रवन्ध गर्ने विषयमा कुनै छलफल भएको छैन । यसमा हाम्रो आपत्ति छ।’

खड्कीले विगतदेखि महानगरपालिकाले वीर अस्पताललाई कोभिड विशेष अस्पतालको रुपमा सञ्चालन गर्नुपर्ने बताउँदै आएपनि कुनै सुनुवाइ हुन नसकेको भन्दै महानगरका बेथिति हटाउन सबैको सुझाव र सल्लाह जरुरी भएपनि मेयर पेलेर अघि बढ्न खोजेको आरोप लगाइन्।

महानगरपालिकाले नीति तथा कार्यक्रम बिहीबार नगरपरिषदमा पेश गर्ने कार्यक्रम राखेको छ। तर महानगरमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सबै जनप्रतिनिधिले परिषद् बहिस्कार गर्ने निर्णय गरेको महानगर १६ नम्वर वडाअध्यक्ष मुकुन्द रिजालले जानकारी दिए।

उनले कोभिडको महामारीबाट आक्रान्त जनतालाई राहत दिन घरबहाल करमा छुट दिनुपर्ने, विकास समानुपातिक रुपमा हुनुपर्ने, सबै नागरिकलाई खोपको प्रत्याभूति हुनुपर्ने, उपचारको सहज व्यवस्था हुनुपर्ने जस्ता विषय नीति तथा कार्यक्रममा समेटिनुपर्ने माग रहेको बताए।

आफूहरुको माग सम्बोधन नभएसम्म बैठकमा सहभागी हुन नसकिने रिजालले बताए । महानगरमा काँग्रेसबाट उपमेयर र १४ जना वडाध्यक्ष रहेका छन्।

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पर्याप्त छलफल बिनै ल्याउन सत्तारुढ एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको शैलीमा अघि बढ्न मेयर विद्यासुन्दर शाक्यले प्रयास गर्दा लफडा भएको हो।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ३, १३: ४८: ००

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार ३, १३: ४८: ००

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ असार ३, १३: ४८: ००

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP