July 29, 2021, Thursday
जातीय विभेदकाे शिकारमा परे प्रहरी नै

प्रहरीमाथि दुर्व्यवहार गर्ने संग्राैलालाई कारबाही गर्न महाननिरिक्षक नै डराएपछि …


नयाँ बिकल्प,

काठमाडौं – कोभिड–१९ को संक्रमणले निम्त्याएको महामारीको चुनौतिमा ज्यानको बाजी लगाएर सरकारले जारी गरेको निषेधाज्ञालाई कार्यान्वयन गर्न रात दिन खटिएका प्रहरीहरु महानिरिक्षकको व्यवहारले कमजोर महासुस गर्न थालेका छन्।

निषेधाज्ञाको समयमा आफ्नो कर्तव्य निर्वाह गर्ने क्रमममा सवारी चेकिङमा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) मणिकान्त झामाथि नश्लीय टिप्पणी गरी दुव्र्यव्यवहार गर्ने एक महिला ज्वाला संग्रौलालाई कारबाही गर्नबाट प्रहरी प्रशासन पछि हटेपछि प्रहरीमा निरासा पैदा भएको छ।

आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलालाई कारबाही गर्नबाट नेपाल प्रहरीपछि हटेको हो।

गत जेठ ११ गते महारजगञ्जमा निषेधाज्ञाका बेला सडकमा चेकिङमा रहेका प्रहरी सहायक निरिक्षक झाले मोटरसाईकल चालक संग्रौलासँग पास र लाइसेन्स माग्दा आफूलाई सामाजिक अभियान्ता बताउने संग्रौलाको टोलीले असई झामाथि दुव्र्यवहार गर्दै कारबाही गर्ने चेतावनी दिएका थिए।

‘जातैले मधेशतिरको लाग्छ, उतै सरूवा गरिदिन्छौं’ भन्दै जातिय विभेद हुने गरी टिप्पणी गरेकी संग्रौलाले प्रहरी कार्यालयमा झालाई उपस्थित गराउन लगाएर सरुवा गरिदिने भन्दै धम्की दिएकी थिइन्। नभन्दै उनको सरुवा पनि भएको थियो।

महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जबाट उनको संग्रौलाले एक सातामै प्रसनी झाको महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना)मा सरुवा गराएकी थिइन्। प्रहरीको पीडककै दबाबमा झाको सरुवा गरेको भन्दै सो कार्यको सर्बत्र बिरोध भएको थियो।

कथित सामाजिक अभियन्ताको दबाबमा आफ्नै प्रहरी कर्मचारीलाई सरुवा गर्ने प्रहरी प्रशासनको चौतर्फी आलोचना भए पछि उनलाई पुन बुधबार साँझ नै महाराजगञ्ज ट्राफिक प्रभागको रमाना बुझ्न लगाएर महाराजगञ्ज पठाइएको छ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले मधेसी आयोगमा उजुरी परेको हुनाले अब त्यतैबाट कारबाही प्रक्रिया अघि बढ्ने भन्दै प्रहरीमाथि दुव्र्यवहार गर्ने ति ज्वाला संग्रौलालाई कारबाहीको विषयमा स्पष्ट पारेनन्।

प्रहरी सहायक निरिक्षक झाले मधेसी आयोगले उजुरी हालेपछि प्रहरीले उनलाई महाराजगंज साविककै क्षेत्रमा सरुवा गरेको थियो। मधेशी आयोगमा बुधबार संग्रौलाको अभिव्यक्तिविरुद्ध उजुरी परेपछि घटनाको छानबिन सुरु भएको छ।

आफ्नै सगठनको एक सीपाहीमाथि कथित सामाजिक अभियन्ताले दुव्र्यवहार गरेर कानून बिरुद्ध हर्कत गर्दा समेत प्रहरी प्रशासन र प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले मौनाता साँध्नुलाई रहस्यमय घटनाको रुपमा प्रहरी संगठनभित्रै लिन थालिएको छ।

स्रोतका अनुसार संग्रौलाको पहुँच प्रधानमन्त्री केपी शर्मा ओलीसम्म रहेको र बालुवाटारबाटै प्रहरी महानिरिक्षकलाई दबाब दिएको स्रोतले बतायो। आफ्नो कर्मचारीलाई दुब्र्यवहार गर्नेमाथि कारबाही गर्नबाट प्रहरी संगठन पछि हट्ने घटनाले सिंगो प्रहरी कर्मचारीमाथि मनोबल घटाएको देखिन्छ।

संग्रौलासहितको टोलीमाथि मधेसी आयोगमा उजुरी परेको र छानबिनपछि दोषीलाई कानूनको दायरामा ल्याउने मधेशी आयोगका अध्यक्ष विजय दत्तले प्रतिवद्धता व्यक्त गरिसकेका छन्।

कसैको दबाबमा एकाएक असई झाको सरुवा किन गरियो? भन्ने प्रश्नको जवाफ यतिवेला प्रहरीका कुनै पनि जिम्मेवार अधिकारीसँग छैन । निकै षयडन्त्रपूर्ण तबरले गरिएको झाको सरुवाले प्रहरीहरुमा मनोबल गिराउने काम भएको छ।

सडकमा कर्तव्यपालनको सिलसिलामा चेकिङ गर्दा दुव्र्यवहारको शिकार भएका झालाई संग्रौलाले ट्राफिक प्रहरी प्रभाव महाराजगंजमा गएर उल्टै झालाई कार्यालयमा झिकाई गाली गलजौज गर्नुका साथै आईजीपीले सम्मान गरेर हिँडेका मान्छे भन्दै फूर्ती देखाएकी थिइन्।

विभिन्न भिडियो र युट्युवमा भइरर भएको सो दृष्यमा संग्रौलाले ‘ज्वाला संग्रौला भन्ने को हो? नाम सुनेको छ? मिडिया हेर्ने गरेको छ? प्रहरीको फुली लगाएँ भनेर ठूला कुरा गर्ने होइन नि फेरि? तपाईंको आईजीपीले सम्मान गरेर हिँडेको मान्छे हो म। ठेगान लगाइदिन्छु, एनीहाउ सरुवा हुनुपर्छ, गराइदिन्छु’ भनेर प्रहरी कार्यालयभित्रै असई झालाई धम्क्याएकी थिइन्।

संग्रौलासहितको टोलीले ‘झा मधेशी’ अब मधेशतिरै गएर खेतीकिसानी गर्नु। ट्राफिकको जागिर खाएर काम छैन,’ जस्ता नश्लीय शब्दसहित दुव्र्यवहार गरेका थिए।

बिहीबार फेसबुकमा स्टाटस लेख्दै संग्रौलाले भनेकी छन्,‘एउटा पुरानो भिडियो भाइरल गरेर मलाई गलत देखाउने हर्कत गरिएको छ।’ आफूले नबोलेको भए पनि नेतृत्व गरेको विषयवस्तुप्रति उठेका सवालको नैतिक जिम्मेवारी लिएर क्षमायाचना गरेकी छन्।

‘जसले जे बोलेको भएपनि मैले लिड गरेको विषयवस्तुप्रति उठेका सवालको नैतिक जिम्मेवारी लिएर मैले जवाफसहित क्षमायाचना पनि गर्छु’, संग्रौलाले भनेकी छन्।

उनले एक जना सिकिस्त बिरामीका लागि अक्सिजन सिलिण्डर लिन जाँदा ट्राफिकले लाइसेन्स मागेर बाइक राखिदिएपछि विवाद भएको स्वीकारेकी छिन्।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ३, १६: ४०: १०

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार ३, १६: ४०: १०

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ असार ३, १६: ४०: १०

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP