July 29, 2021, Thursday

पत्रकार श्रेष्ठ र बस्नेतलाइ धम्क्याउने ज्ञानेन्द्र शाहीमाथि कारबाही गर्न माग

नयाँ बिकल्प

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउने ज्ञानेन्द्र शाहीले समाचार प्रशारण भएको विषयलाई लिएर जनता टेलिभिजनमा कार्यरत पत्रकारद्वय शीखा श्रेष्ठ र धिरज बस्नेतलाई धम्की दिएका छन्।

केही दिनअघि सुर्खेतमा शाहीमाथी कुटपिट भएको र सोही विषयसँग सम्बन्धित घटनाक्रमलाई जेठ ३१ गते सोमबार जनता टेलिभिजनको ‘बाइलाइन’ कार्यक्रममा प्रसारण भएको समाचारको विषयलाई लिएर शाहीले धम्क्याएका हुन्।

जनता टेलिभिजनमा कार्यरत पत्रकार श्रेष्ठलाई असार १ गते फोन गरी अपशब्द प्रयोग गर्नुका साथै धम्की दिएको घटनाको नेपाल प्रेस युनियन काठमाडौ शाखाले घोर भत्सर्ना गरेको छ।

प्रसारण भएको समाचारप्रति चित्त नबुझे कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै पत्रकारलाई यस्तो धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी र अपराधिक काम भएको भन्दै शाखाले घटनाको तत्काल छानबिन गरी दोषीमाथी कानुनी कारबाही गर्न माग गरेको छ।

प्रेस युनियन काठमाडौंका सचिव अक्कल कुँवरले बिहीबार विज्ञप्ति जारी गर्दै पत्रकारको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउँदै स्वघोषित सामाजिक अभियन्ताका यस्ता हर्कत तत्काल बन्द नगरे श्रमजिवी पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताको रक्षाका लागि युनियन जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन्।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ३, १७: १३: ४०

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार ३, १७: १३: ४०

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ असार ३, १७: १३: ४०

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP