July 29, 2021, Thursday

निषेधाज्ञालाई सरकारले रक्षाकवचकाे रूपमा दुरूपयाेग गरेकाे कांग्रेसकाे आरोप

नयाँ बिकल्प,

काठमाडौं । नेपाली कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप ल्याउने र जनताका उपचारमा ध्यान दिनेभन्दा निषेधाज्ञालाई निरन्तरता दिएर जनतालाई हातमुख जोर्नबाट अप्ठ्यारोमा पार्ने काम सरकारले गरिरहेको धारणा सार्वजनिक गरेको छ।

पार्टी केन्द्रीय कार्यसमितिको आज जारी बैठकका बीच संचारकर्मीसँग पार्टीका सहमहामन्त्री डा. प्रकाशरशरण महतले सरकारले लकडाउनलाई आफ्नो सत्ताको रक्षा कबजका रूपमा प्रयोग गरिरहेको बताए ।

सहमहामन्त्री डा. महतले कोरोना संक्रमण व्यप्य रहेको अवस्थामा उपचार र रोकथामको कुनै प्रवन्ध नगरी लकडाउन मात्रै गर्ने सरकारको कार्यले जनताको जीवनस्तर धरासयी भएको भन्दै जनता जति नै असन्तुष्ट भए पनि सडकमा निस्कने अवस्था आउँदैन भनेर सत्ता जोगाउने कबजका रूपमा लकडाउनलाई सरकारले दुरुपयोग गरेको दाबी गरे।

‘जनता उपचार नपाएर र भोकै पनि बसिरहेको अवस्थाले जनता आहातमा छन तरसरकार राहत महशुस गर्दैछ’, महतले भने।

उनले केन्द्रीय समिति बैठक महाधिवेशनको मुख्य एजेन्डामा केन्द्रीत हुँदै आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्तावमाथि छलफल जारी रहेको जानकारी दिए ।

जनसम्पर्क समितिबाट स्वास्थ्य सामग्री प्राप्त

कांग्रेसलाई कोभिड–१९ संक्रमण रोकथाम, उपचार र राहत स्वरुप पार्टीको विदेशस्थित नेपाली जनसम्पर्क समितिले १० केजी क्षमताको एउटा र दुई विरामीलाई एकैपटक प्रयोग गर्न मिल्ने ५० थान अक्सिजन कन्सेनट्रेटरसहितको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।

कोभिड १९ अनुगमन समितिका संयोजक तथा पार्टी सहमहामन्त्री डा. महतले अति आवश्यक भएका जिल्ला तथा स्थानीय सार्वजनिक अस्पतालहरुमा वितरण गर्ने क्रम जारी रहेको भन्दै देशभरिका केन्द्रदेखि जिल्ला तहसम्मका कांग्रेसका संरचना, भ्रातृ एवम् शुभेच्छुक संस्थाहरु क्रियाशील रहेको जनाएका छन्।

सहमहामन्त्री डा. महतले बिहीबार विज्ञप्ति जारी गर्दै महामारीको रोकथामका लागि सचेतना अभियान, मास्क र सेनीटाइजर वितरण, उपचारको पहुँचमा पुग्न समस्यामा परेका नागरिकहरुलाई सहयोग, संक्रमित भई आइसोलेसनमा बसेकाहरुलाई परामर्श दिँदै आएको बताए ।
डा. महतले संक्रमितको उपचारका लागि अक्सिजन सिलिण्डर, अक्सिजन कन्सनट्रेटर लगायतका स्वास्थ्य सामाग्री समेत वितरण गर्दै आएको र आगामी दिनमा पनि निरन्तर क्रियाशील रहने जनाएका छन्।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ३, १७: ४५: १८

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार ३, १७: ४५: १८

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ असार ३, १७: ४५: १८

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP