July 29, 2021, Thursday

पाँच दलका नेताले भने – जनता बाढी पहिरोको विपतमा हुँदा सरकार गैरजिम्मेवार देखियो


नयाँ बिकल्प,

काठमाडौं। नेपाली कांग्रेससहित पाँच प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले जनता कोरोना महामारीबाट आक्रान्त हुँदा जनजीवन झनै कष्टकर बनेको अवस्थामा बाढी र पहिरोमा परी ज्यान गुमाउनु परेको भन्दै प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्व तयारी नगरी सरकार गैरजिम्मेवार भएको आरोप लगाएका छन्।

नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजबादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले विहीबार संयुक्त प्रेस बक्तव्य जारी गर्दै सरकारको आलोचना गरेका हुन्।

‘मनसुन वर्षाको शुरुमा नै देशका अधिकांश जिल्लामा बाढी र पहिरोको प्रकोप देखिएको छ । यसको कारण कतिपय मानिसहरुको ज्यान गएको छ भने अर्बौ रुपैयाँ बराबर भौतिक संरचना, अन्नबाली र पशुचौपाया नष्ट भएका छन्। बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्नको व्यवस्था गर्न सरकारसँग माग गर्दछौं’, संयुक्त बक्तव्यमा भनिएको छ।

नेताहरुले मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन सरकारसँग माग गर्दै इमान्दारी, तदारुकता र पारदर्शीरुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्य गर्न आग्रह समेत गरेका छन्।

सम्बन्धित समाचार

नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबारमा पनि गिरावट
नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबारमा पनि गिरावट
  • २०७८ असार ३, १८: ०४: ४३

नयाँ बिकल्प, काठमाडौं – करिव ३१ सयको विन्दुमा पुगेको नेप्से बिहीवबार दोहोरो अंकले आरालो लागेको छ। आज १५.११ अंकले गिरावट...

मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसद पदबहाली मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसद पदबहाली मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
  • २०७८ असार ३, १८: ०४: ४३

नयाँ बिकल्प, काठमाडौं । तत्कालिन माओबादी केन्द्रबाट चुनाव लडेर प्रतिनिधिसभा सदस्य भएका ४ सांसदहरु एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको...

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ३, १८: ०४: ४३

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

भर्खरै

TOP