July 29, 2021, Thursday

एनआरएन अष्ट्रेलियाको न्यु साउथवेल्स राज्य संयोजकको उम्मेदवार शाह चर्चामा


नयाँ बिकल्प,

काठमाडौं। गैरआवासिय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाको चुनाब नजिकीदै गर्दा विभिन्न राज्यमा विभिन्न पदका प्रत्यासीबीच प्रतिष्पर्धा हुन थालेको छ।

एनआरएन अस्ट्रेलियाको निर्वाचन आगामी जुलाइ ३१ तारिख अर्थात साउन १६ गते तोकिएको छ। एनआरएन अष्ट्रेलियाको साउथवेल्स राज्य संयोजक (उपाध्यक्ष) मा उम्मेदवारी दिने घोषणा गरेकी सन्ध्या शाह यतिबेला चर्चामा छिन्।

नारी निकुन्जकी संयोजक संन्ध्या शाहले एनआरएन न्यु साउथवेल्स राज्यको संयोजकमा उमेदबारी दिने घोषणा सार्वजनिक गरेपछि शाहको चर्चासँगै समर्थनको समेत लहर आउन थालेको छ।

नारी निकुन्जको सदस्यहुँंदै एनएसडब्लु संयोजक र हाल नारी निकुन्जकै संयोजक बनेकी शाहले यस पटक आफुले तीन कार्यकाल गरेको काम र अनुभवका आधारमा उपाध्यक्ष पद दावी गरेको बताइन् । नारी निकुन्ज एनआरएन अस्ट्रेलियाको भगिनी संस्थाका रुपमा छ।

एनआरएनको सदस्यता बढाउने खेलमा चुनाब पनि एक महिना पछि सार्न अस्ट्रेलियाले केन्द्रसँग आग्रह गरेको छ। तर त्यसको निर्णय आइसकेको छैन। तोकिएको समयमा एनआरएन अस्ट्रेलियामा २ हजार सदस्य पनि छैनन्।

त्यसैले कार्यसमितीको बैठकले सदस्यताको म्याद १६ दिन बढाएर जुन २७ तारिख अर्थात असार १३ गतेसम्मका लागि लम्बाइएको छ। यस कारण अब कम्तीमा सदस्यता संख्या ६ हजारको हाराहारीमा पुग्ने अनुमान गरिएको छ।

आफनो कार्यकालमा नेपालमा थुप्रै परोपकारी कार्य गर्दै आएको नारी निकुन्जले नेपालका दुर्गम जिल्लाका स्कुलहरुमा नानीहरुलाई निशुल्क प्याड बितरण ,अछाममा पाठेघर खस्ने समस्यावाट पीडित महिला दिदी बहिनीहरुलाई आवश्यक उपचार सहयोग लगायतको काम अगाडि बढिरहेको शाहले बताइन्।

नेपालजन्जकी स्थायी बासिन्दा शाह प्रवासमा बसेर पनि मुलुक अनि माटोको लागि केही गर्न सकिन्छ भन्ने उदेश्यले एनआरएन अभियानमा सामेल भएको बताउछिन ।

सम्बन्धित समाचार

नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबारमा पनि गिरावट
नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबारमा पनि गिरावट
  • २०७८ असार ४, १३: २८: १९

नयाँ बिकल्प, काठमाडौं – करिव ३१ सयको विन्दुमा पुगेको नेप्से बिहीवबार दोहोरो अंकले आरालो लागेको छ। आज १५.११ अंकले गिरावट...

मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसद पदबहाली मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसद पदबहाली मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
  • २०७८ असार ४, १३: २८: १९

नयाँ बिकल्प, काठमाडौं । तत्कालिन माओबादी केन्द्रबाट चुनाव लडेर प्रतिनिधिसभा सदस्य भएका ४ सांसदहरु एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको...

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ४, १३: २८: १९

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

भर्खरै

TOP