July 29, 2021, Thursday

कोइरालाका विश्वासीला मित्र कांग्रेस नेता पूर्वसांसद परियारको निधन

तस्वीरः सामाजिक सञ्जालबाट


नयाँ बिकल्प,

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद कृष्णसिङ परियारको ६८ बर्षको उमेरमा आज शुक्रबार बिहान निधन भएको छ।

२०४८ मा कांग्रेसको तर्फबाट वाँकेको क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित परियार तत्कालिन संसदको राज्यव्यवस्था समितिवको सभापति थिए। दलित समुदायबाट नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएका परियार बाँकेको नेपालगन्जस्थित विपन्न परिवारमा जन्मिएका थिए।

२०३० सालभन्दा पहिलेदेखि नै निर्दलीय पन्चायती व्यवस्थाविरुद्ध सक्रिय परियार कांग्रेसका पूर्वसभापति शुसील कोइरालासँगको सामिप्यता र विश्वासबाटै राजनीतिमा स्थापित परियार नेपालको इतिहासमा जनताबाट प्रत्यक्ष निर्वाचित पहिलो दलित सांसद हुन्।

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला, अर्का केन्द्रीय सदस्य तथा नेपाल दलित संघका केन्द्रीय अध्यक्ष मिन विश्वकर्माले परियारको निधनले पार्टीलाई ठूलो क्षति पुगेको भन्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

‘०३६ पछि मैले उहाँलाई चिनेको हुँ । अत्यन्तै तार्किक , व्यवहारिक र मिलनसार हुनुहुन्थ्यो । लोकतन्त्र प्रति दृढ आस्थावान् उहाँ बाँकेबाट ०४८ मा सांसद निर्वाचित हुनुभयो । नेपालको इतिहासमा यसरी जनताबाट सिधा निर्वाचित पहिलो दलित समुदायको सांसद हो उहाँ’ बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले आफ्नो फेसवुक स्टाटसमा लेखेका छन्।

तत्कालिन पार्टी सभापति शुशील कोइरालाले २०७० कात्तिक १९ गते संविधानसभाको निर्वाचनअघि लेखेको एक हस्तलिखित पत्रमा ‘प्रिय कृष्णजी, तपाईंको मेहनत, खट्न सक्ने र गाउँलेबीच सम्झाउने कलाले नेकालाई विजयी तुल्याउन ठूलो सहयोग पुगेको छ । पार्टीले तपाईंको मूल्यांकन गर्नेछ भन्ने विश्वास दिलाउँछु, उही सुशील कोइराला ।’

परियारको मुल्याङ्कन गर्ने प्रतिबद्धता जनाएका कांग्रेसका तत्कालिन सभापति शुसिल कोइरालाको निधनपछि कृष्णसिंहको मुल्याङ्न त परै जाओस पार्टीले सम्झना पनि गर्न सकेन ।

कांग्रेसका संस्थापक नेता बीपीकोईरालाले कृष्ण सिंह परियारका नाममा लेखेका पत्र देखाउँदै पूर्वसासंद परियार ‘अब त्यो कांग्रेस कहाँ रह्यो र ? भन्दै पार्टीप्रति असन्तुष्टि व्यक्त गर्दथे। पूर्वसभापति कोइरालासँग नेपालगञ्जमा हुँदा परियारसँगै पार्टी कार्यकर्ता भेट्न नगर क्षेत्र र गाउँपस्ने गर्दथे ।
पूर्वसभापति कोइराला र परियार हमेसा सँगसँगै साईकला कुदाउँदे र बारम्बार यो गीत गुनगुनाउँथे कि – मै जिन्दगीका साथ निभाता चला गया …।’ कोइरालासँग निकट भएर र उनको विश्वास जितेर पनि परियारले पार्टीमा अवसर भने अक्सर पाइनन्। सादाजीवन उच्चबिचार राख्ने र सादगी जीवनशैली अपनाउँथे।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ४, १४: ५८: १८

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार ४, १४: ५८: १८

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ असार ४, १४: ५८: १८

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP