July 29, 2021, Thursday

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए प्रदेशसभाबाट विश्वासको मत


नयाँ बिकल्प,

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।
नेपाली कांग्रेस गण्डकी प्रदेश सभा संसदीय दलका नेता समेत रहेका पोखरेलले प्रदेशसभामा आफ्नो बहुमत रहेको दाबी प्रदेश प्रमुखसमक्ष पेश गरेपछि उनी मुख्यमन्त्रीमा जेठ २९ गते नियुक्त भएका थिए।

संंविधानको धारा १६८ को उपधारा ६ बमोजिम मुख्यमन्त्री पोखरेलले शुक्रबार गण्डकी प्रदेशसभाबाट विश्वासको मत पाएका हुन्। पोखरेल ३२ मत अर्थात बहुमत प्रदेशसभा सदस्यको मत पाएर मुख्यमन्त्री पद सुरक्षीत गरेका हुन्।

पोखरेलले सदनमा राखेको विश्वासको मत लिने प्रस्तावको विपक्षमा भने नेकपा एमालेका २७ जना प्रदेश सभा सदस्यले मत हालेका थिए। सभामुख नेत्रनाथ अधिकारीले पोखरेलले पाएको मत बहुमत भएकोले सो प्रस्ताव पारित भएको घोषणा गरेका थिए।

६० जना सांसद रहेको गण्डकी प्रदेशमा ५९ सांसदको उपस्थिति थियो। मत विभाजनमा सहभागी भएकोमध्ये ३१ ले पक्षमा मतदान गरे, जसमा कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका दुई, दुई सांसदले पक्षमा मतदान गरेका थिए।

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई सो पार्टीले गत साता पदमुक्तको सिफारि गरेपछि उनको सांसद पद गएको थियो भने सभामुख अधिकारीले पक्ष र विपक्ष कतै पनि मतदान गरेनन्।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ४, १६: ५२: ११

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार ४, १६: ५२: ११

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ असार ४, १६: ५२: ११

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP