July 29, 2021, Thursday

प्रदेश २ का ७ जिल्लाको पार्टी समायोजनबिरूद्ध उजुरी परेपछि कांग्रेस क्रियाशिल सदस्यता अड्कियाे


नयाँ बिकल्प,

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन काठमाडौंमा गर्ने घोषणा गरे पनि प्रदेश नम्वर २ का सप्तरी, धनुषा, सर्लाही, बाँके, सिरहा, बारा र पर्षामा स्थानीय तहको सामायोजन प्रक्रिया नै टुंगिएको छ।

एक वर्षदेखि पार्टीको केन्द्रीय महाधिवेशनदेखि अन्य तहको अधिवेशनको मिति ६ पटकभन्दा बढी समयदेखि सर्दै आएको छ। यो पटक चैत मसान्तसमम अन्तिम समय सीमा दिए पनि यी सात वटा जिल्लाका कारण पार्टीको महाधिवेशनलाई नै प्रभावित गर्न खोजेको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति समक्ष केन्द्रीय निर्वाचन समितिले गत चैत १३ गते प्रस्तुत प्रतिवेदन अनुसार सप्तरी, धनुषा, सर्लाही, बाँके, सिरहा, बारा तथा पर्सा जिल्ला समेतको स्थानीय तह संगठन पुर्नसंरचनाको समायोजन गरिएकोमा, समायोजनको निर्णय उपर उजुरी र गुनासाहरु आइरहेका छन्।

निर्वाचन समितिमा समायोजनप्रति चित्त नबुझी उजुरी तथा गुनासाहरुको निर्णय गरिसक्दा समेत निर्देशिका बमोजिम भएन भनी पटक–पटक समिति समक्ष उजुरी तथा गुनासाहरु आएको थियो । त्यस्ता गुनासाहरु पुन निर्वाचन समितिमा आएपछि पार्टी केन्द्रीय कार्यसमितिमा सो गुनासो पठाइएको थियो।

तर ति जिल्ला समेतको पार्टी अन्तरिम संरचना समायोजन सम्बन्धी उजुरी र गुनासाहरुको पार्टी स्थानीय तह संगठन पुनर्संरचना अन्तरिम निर्देशिका २०७६ बमोजिम नभएको सन्दर्भमा सोही निर्देशिका बमोजिम हुने गरी २०७८ असार १० गतेभित्र केन्द्रीय निर्वाचन समितिले नै टुंगो लगाई पार्टी समक्ष पेश हुने भएको छ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशनपछि सभापति देउवाले नेतृत्व गरेयता नेपाली कांग्रेसमा नेपाल लोकतान्त्रिक फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टीको सुनिल थापासमूह, तत्कालिन संघीय समाजबादी फोरम, राष्ट्रिय जनता पार्टी र अन्य क्षेत्रीय दलबाट नेपाली कांग्रेसमा पुरै पार्टी र केही संरचना काग्रेसमा बिलय भएका थिए।

यस्तै पार्टीले नेपाली जनसम्पर्क समिति इजरायलबाट पार्टीको विधान र नियमावली अनुसार क्रियाशील सदस्यताको नामावली, सदस्यता शुल्क र कार्यसमितिको निर्णय लगायतका आवश्यक कागजात सहित पेश हुन आएकोले क्रियाशील सदस्यता स्वीकृत गर्ने निर्णय गरिसकेको छ।

नेपाली कांग्रेसले पार्टीले चौधौं महाधिवेशन प्रयोजनको लागि कार्यतालिका पुनसंरचना गर्दै प्रकाशित गरेको छ। जसअनुसार यही असार २० गतेसम्म क्रियाशिल सदस्यतालाई फाइनल गर्ने, क्रियाशिल सदस्यताको अन्तिम नामावली तयार गरी असार २४ गते पार्टी सभापतिसमक्ष पेश गरेर अनुमोदन गराई निर्वाचन समितिलाई बुझाउने छ।
पार्टीको वडाअधिवेशन साउन ६ गते, स्थानीय तहको गाउँ वा नगर अधिवेशन साउन ११ गते, प्रदशेसभा निर्वाचन क्षेत्रिय अधिवेशन साउन १६ गते र संघीय निर्वाचन क्षेत्रिय समितिको अधिवशेन साउन २० गते र जिल्ला अधिवशेन गर्ने मिति साउन २४ गते तोकिएको छ।
सात वटै प्रदेशमा पहिलो पटक भदौ १ देखि २ गतेसम्म प्रदेश अधिवेशन हुँदैछ ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ४, १७: १६: ३८

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार ४, १७: १६: ३८

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ असार ४, १७: १६: ३८

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP