July 29, 2021, Thursday

कोरोनाका दुई हजार ४०१ संक्रमित थपिए, तीन हजार ६६० संक्रमित डिष्चार्ज


नयाँ बिकल्प,

काठमाडौं । नेपालमा शनिबार दुई हजार चार सय एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ७ हजार १० जनामा पिसिआर परिक्षणका क्रममा एक हजार छ सय ८८ र चार हजार छ सय ८६ एन्टीजेन परिक्षणका क्रममा सात सय १३ जनामा कोरोना पुष्टि भएको हो।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या छ लाख ४५ हजार २०९ पुगेको छ। त्यस्तै वितेको २४ घण्टामा तीन हजार छ सय ६० जना संक्रमित कोरोनामुक्त भएका छन्। योसँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको सख्या पाँच लाख लाख ५३ हजार तीन सय ४२ पुगेको छ।

कोरोनाका कारण वितेको २४ घण्टामा थप ३४ जनाको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ हजार छ सय ७५ पुगेको छ।

हल नेपालमा ५७ हजार छ सय १८ सक्रिय संक्रमित आइसोलेशन र चार सय ४१ जना क्वारेन्टाइनमा छन्। हालसम्म ३२ लाख ६२ हजार पाँच सय ८९ वटा पिसिआर र एक लाख ३८ हजार ३१३ एन्टीजेन परिक्षण गरिएको छ।

सम्बन्धित समाचार

नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबारमा पनि गिरावट
नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबारमा पनि गिरावट
  • २०७८ असार ५, १७: ४३: ३०

नयाँ बिकल्प, काठमाडौं – करिव ३१ सयको विन्दुमा पुगेको नेप्से बिहीवबार दोहोरो अंकले आरालो लागेको छ। आज १५.११ अंकले गिरावट...

मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसदको पदबहालीको मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसदको पदबहालीको मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
  • २०७८ असार ५, १७: ४३: ३०

नयाँ बिकल्प, काठमाडौं । तत्कालिन माओबादी केन्द्रबाट चुनाव लडेर प्रतिनिधिसभा सदस्य भएका ४ सांसदहरु एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको...

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ५, १७: ४३: ३०

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

भर्खरै

TOP