July 29, 2021, Thursday

लागूऔषधसम्वन्धी घटनाको मिसिल अदलबदलको आशंकामा धनुषाका एसपीमाथि छानबिन

नयाँ बिकल्प,

जनकपुर । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरिक्षक (एसपी) प्रकाश रानाभाटमाथि एक लागुऔषधसम्बन्धी घटनाको मिसिल अदलबदल गरेको आरोपमा अनुसन्धान शुरु भएको छ।

रानाभाटले लागूऔषधका अभियुक्तको प्रलोभनमा परेर मुद्दाको मिसिलमा अदलबदल गरी मुद्दा कमजोर बनाउन खोजेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि एसपी रानाभाटमाथि अनुसन्धान थालिएको प्रहरी मुख्यालयका एक अधिकृतले बताए।

गत फागुन ८ गते धनुषा जिल्लाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बटेश्वरबाट प्रतिबन्धित लागुऔषध नाइट्रोजन भ्याट सहित तीन जनालाई पक्राउ गरेको थियो। सो घटनाको मिसिल नै परिवर्तन गरेर मुद्दा कमजोर बनाउन खोजेको एसपी रानाभाटमाथि उजुरी परेको हो।

उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले गठन गरेको छानविन समितिले अहिले धनुषा आएर अनुसन्धान प्रक्रिया अगाडि बढाएकोे छ। लागुऔषधहित गत फागुनमा महोत्तरीको मनरा सिसवा नगरपालिका–२ बस्ने वर्ष २१ का केशव सिंह, बर्ष २० का रोशन ठाकुर र वर्ष २० का सहिल सिंह पक्राउ परेका थिए।

उनीहरुलाई बटेश्वर गाउँपालिका–२ कार्तिक कुम्हर बजारबाट फागुन ८ गते साँझ तीन सय ८० थान ‘नाइट्रोजन भ्याट’ ट्याबलेटसहित प्रहरीले पक्राउ गरेको थियो। यस्तै प्रहरीले उनीहरू चढेको ज. ७ प १५७४ नम्बरको होण्डा साइन मोटरसाइकल पनि नियन्त्रणमा लिएको थियो।

सम्बन्धित समाचार

नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबारमा पनि गिरावट
नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबारमा पनि गिरावट
  • २०७८ असार ५, १८: ३७: २०

नयाँ बिकल्प, काठमाडौं – करिव ३१ सयको विन्दुमा पुगेको नेप्से बिहीवबार दोहोरो अंकले आरालो लागेको छ। आज १५.११ अंकले गिरावट...

मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसद पदबहाली मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसद पदबहाली मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
  • २०७८ असार ५, १८: ३७: २०

नयाँ बिकल्प, काठमाडौं । तत्कालिन माओबादी केन्द्रबाट चुनाव लडेर प्रतिनिधिसभा सदस्य भएका ४ सांसदहरु एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको...

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ५, १८: ३७: २०

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

भर्खरै

TOP