July 29, 2021, Thursday

यस वर्षको बाढी पहिरोबाट १७ जनाको मृत्यु र २२ जना बेपत्ता


नयाँ बिकल्प,

काठमाडौं । यसवर्षको मनसुन शुरु भएसँगै आएको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु भएको छ भने २२ जना अझै बेपत्ता भएका छन्।

नेपाल प्रहरीका अनुसार जेठ ३० गतेदेखि आज शनिबारसम्म १७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा २ बालक र एक बालिकासहित १० जना पुरुष र ४ जना महिला रहेका छन्।

सिन्धुपाल्चोक र डोटीमा तीन, तीन जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानमा एक, एक जनाको निधन भएको छ र यही समयभित्र बाढी र पहिरोमा परेर २२ जना वेपत्ता भएका छन्।

बेपत्ता हुनेमा १५ जना पुरुष, ५ जना महिला र २ जना बालक रहेका छन् । बेपत्ता हुनेहरु सबैजसो निधन हुन सक्ने प्रहरीले आशंका गरेको छ। बेपत्ता हुनेहरुमा सिन्धुपाल्चोकको बाढीमा २१ जना र बाजुरामा १ जना रहेका छन्। बेपत्ताको खोजी कार्य प्रहरीले जारी राखेको छ।

बढी र पहिरोमा परी १७ जना घाइते भएका छन्। घाइते हुनेमा १० जना पुरुष, ४ जना महिला, १ जना बालक र २ जना बालिका रहेका छन्। उनीहरुमध्ये सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा तीन, तीन जना, जुम्लामा दुई जना, कास्की, स्याङजा, चितवन र सल्यानमा एक, एक जना रहेका छन्।

बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना, सल्यानमा ८ जना, दाङमा ४ जना र कञ्चनपुरमा ३ जना गरी १ सय ९ जना घाईतेको उद्दार भएको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ।

बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, अवरुद्ध सडक खुलाउने काम भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ५, २०: ०२: ३३

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार ५, २०: ०२: ३३

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ असार ५, २०: ०२: ३३

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP