July 29, 2021, Thursday

कोरोना संक्रमणबाट पूर्वराज्यमन्त्री बिष्टकाे निधन


नयाँ विकल्प,


काठमाडाैं- नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको कोरोनाभाइसको संक्रमणबाट निधन भएको छ।

सुर्खेतमा कोरोना संक्रमण भएका बिष्टलाई थप उपचारका लागि केही दिनअघि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो। मेडिसिटी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान पाँच बजेतिर उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

लामो समय कांग्रेस सुर्खेतका सभापति रहेका बिष्ट २०७० सालमा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए।

उनी २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बनेका थिए।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिष्टको निधनको खबरले आफू दु:खी भएको उल्लेख गरेका छन्।‘

उहाँको निधनको खबरले म निकै दु:खी छु। तप्तजी एक निष्ठावान नेता हुनुहुन्थ्यो। उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति भएको छ,’ देउवाले ट्वीट गर्दै भनेका छन्।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ६, ०९: ४०: ३४

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार ६, ०९: ४०: ३४

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ असार ६, ०९: ४०: ३४

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP