July 29, 2021, Thursday

देउवाकाे सभापति दोहोर्याउने चाहनाः बागमति र गण्डकी प्रदेशका नेतासँग छुट्टा छुट्टै परामर्शमा


नयाँ बिकल्प,

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्वमा पुनः दोहोरिने चाहना प्रकट गरेका छन्।
पार्टी केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको १५ औं महाधिवेशन गर्ने कार्यतालिका अनुमोदन गरेको भोलिपल्ट शनिबारदेखि नै सभापति देउवाले यस्तो परामर्श शुरु गरेका हुन्।

शनिबार प्रदेश १ र प्रदेश २ का आफू निकटका केन्द्रीय सदस्यहरुसँग भेटभाटसहित परामर्श गरेका सभापति देउवाले आज बिहानै बागमति प्रदेशका आफू निकटका केन्द्रीय सदस्यहरुलाई भेटेर आगामी महाधिवेशनमा आफूलाई सहयोगको लागि आग्रह गरेका छन्।

सभापति देउवाको निवास बुढानिलकण्ठमा आइतबार बिहान १० बजेदेखि शुरु भएको भेटघाटमा उनी निकटका केन्द्रीय सदस्यसँग आफूलाई १५ औं महाधिवेशनमा एक पल्ट फेरि सहयोग गर्न आग्रह गरेका थिए।

सहमहमन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, ध्यानगोविन्द रञ्जित, शिवप्रसाद हुमागाईं, किरण गिरी लगायतका नेताहरु बुढानिलकण्ठ पुगेका छन्।

परामर्शमा बोलाइएका आफू निकटका केन्द्रीय सदस्यहरुले देउवालाई सभापतिका अर्का आकांक्षी उपसभापति विमलेन्द्र निधिलाई समेत मनाउन आग्रह गरेका थिए। उनीहरुले उपसभापति निधिलाई मनाउन सकेमा देउवालाई १५ औं महाधिवेशनमा पनि सभापति बनाउन गाह्रो नहुने बताएका थिए।

सभापति देउवाले शनिबार प्रदेश १ का आफू निकटका केन्द्रीय सदस्यहरुलाई बोलाए पनि गनण्य नेता मात्र उपस्थित थिए। प्रदेश १ का नेताहरु निलम्बित उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री सुनिलबहादुर थापा, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ्ग र सुजाता परियार उपस्थित थिए।

सो भेटमा नेताहरुले आफ्नो समूह एक ढिक्का भएर महाधिवेशनमा जान सके सभापति देउवालाई जिताउन सजिलो हुने सुझाव दिँदै सभापतिका आकांक्षी निधीलाई फकाउन वा मनाउन आग्रह गरेका थिए।

यस्ते प्रदेश २ का आफू निकटका एक दर्जन केन्द्रीय सदस्यलाई बोलाए पनि सभापति देउवालाई भेट्न उपसभापति निधी, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, जंगीलाल राय र शम्भुलाल श्रेष्ठको उपस्थिति थियो।

सो भेटमा निधीले आगामी १४ महाधिवशेनमा आफूलाई समर्थन गर्न आग्रह गरेका थिए। निधीले १३ औं महाधिवेशनमा सभापति देउवासँग भएको सहमति अनुसार नै आफू १५ औं महाधिवेशनमा देउवाकै प्रस्तावमा सभापतिको उम्मेदवार बन्ने धाराणा राखेका थिए।

तर, देउवाले आफूलाई एक पटक १४ औं महाधिबेसनमा सहयोग गर्न आग्रह गर्दै १५ महाधिवेशनमा निधिलाई नै समर्थन गर्ने आश्वासन दिएका थिए। तर निधीले त्यो आश्वासनलाई अश्वीकार गरेपछि देउवाले ‘त्यसो भए दुवै जना प्रतिष्पर्धामा जाऔं’ भनेर प्रतिक्रिया दिएका थिए।

देउवाले शनिबार बोलाएको प्रदेश १ को केन्द्रीय सदस्यहरुमा प्रवक्ता विश्वप्रकाश शर्मा नै उपस्थित भएनन्। देउवा निकटका भिष्मराज आङ्दम्बे, गोपाल बस्नेत, अमृत अर्याल, डा. डिला संग्रौला, केशबकुमार बुढाथोकी पनि उपस्थित भएनन्।

प्रदेश २ का नेताहरु एक दर्जनलाई बोलाइए पनि शनिबार पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, प्रदीप गिरी, रमेश रिजाल, अजयकुमार चौरसिया, फरमुल्लाह मन्सुर, महेन्द्र यादव उपस्थित भएनन्।

सभापति देउवाको समूहबाटै उनलाई निधीले चुनौति दिए पनि त्यो अन्तिमसम्म नटिक्ने अड्कलबाजी केही नेताले गरेका छन्। पार्टीको संस्थापनइत्तर पक्षबाट रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता प्रकाशमान सिंह, नेता कृष्णप्रसाद सिटौला र डा. शेखर कोइरालाले सभापतिमा चाहना राखेका छन्।

कांग्रेसको १४ औं महाधिवेशनमा साउन १२ गतेबाट शुरु हुने भएको छ। त्यसका लागि पार्टीको क्रियाशिल सदस्यताको नाम आगामी असार २० गते फाइनल गर्ने निर्णय पार्टी केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले गरिसकेको छ।

पार्टीले साउन १६ गते स्थानीय तहको गाउँपालिका र नगरपालिका स्तरिय अधिबेशन, आगामी साउन २० गते, प्रदेश सभा निर्वाचिन क्षेत्रिय अधिवेशन, साउन २३ गते एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला र संघीय प्रदेश निर्वाचन क्षेत्रिय अधिवशेन गर्ने मिति निर्धारण गरिसकेको छ।

पार्टीले साउन २६ गते दुई वा दुईभन्दा बढी संघीय संसद निर्बाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन र भदौ १ देखि २ गतेसम्म प्रदेश अधिवेशन गर्ने निर्णय गरिसकेको छ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ६, १३: २९: ०८

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार ६, १३: २९: ०८

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ असार ६, १३: २९: ०८

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP