July 29, 2021, Thursday
धिताेपत्र बाेर्डकाे वक्तव्यबाजीले शेयर बजारमा परेकाे असर

शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित


नयाँ बिकल्प,

काठमाडौं । धितोपत्र बोर्डले गत मंगलबार ५१ वटा संस्थाले शेयर बजारमा आन्तरिक चलखेल गरी शेयर मुल्य बढाएको र तिनमा लगानी गर्नु जोखिमयुक्त भन्दै नाम सार्वजनिक गरेपछि शेयर काराेबार र नेप्से परिसूचकमा लगातार पहिरो जान थालेको छ।

बुधबार र बिहीबार कारोबार रकम र नेप्से दुवैमा गिरावट आएकोमा कारोबार हुने साताको पहिलो दिन आइतबार पनि शेयर बजार दोहोरो अंकले गिरावट भइ बजारमा पहिरो गएको हो। त्यस्तै, आज ११ अर्ब, ८१ करोड, ९४ लाख, २८ हजार दुई सय ८८ रुपैयाँको मात्र शेयर कारोबार भयो।

आइतबार शेयर बजार २.१३ प्रतिशतले अर्थात ६३.२८ अंकले गिरावट हुँदा नेप्से परिसूचक २९०५.३२ को विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स पनि २.३३ प्रतिशत अर्थात १२.६१ अंकले घटेर ५२८.५१ को विन्दुमा झरेको छ।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमा रातो पोतिएको छ । जलविद्युत समूह सर्वाधिक ३.३९ प्रतिशतले, बैंकिङ समूहमा १.७८ प्रतिशत, विकास बैंक समूहमा ३.३७ प्रतिशत, वित्त समूहमा ३.३३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.३८ प्रतिशत र लगानी समूहमा २.०७ प्रतिशतले गिरावट भएको छ।

त्यस्तै, जीवन बीमा समूहमा १.८७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.१९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२६ प्रतिशत, निर्जीवन बीमा समूहमा १.८३ प्रतिशत, अन्य समूहमा २.१५ प्रतिशत र व्यापार समूहमा २.४० प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आइतबार नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८८।५ रुपैयाँमा किनबेच भएका छन् । यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ८० करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

नेपाल इन्स्योरेन्सको ४३ करोड २ लाख रुपैयाँबराबरको कारोबार भएको छ भने नेसनल हाइड्रोपावरको ३३ करोड ७३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको २८ करोड २ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २४ करोड ६६ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकको २० करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ।

निफ्राको २० करोड ३८ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको १९ करोड ९० लाख रुपैयाँ, अपी पावरको १९ करोड ३८ लाख रुपैयाँ र ज्योति विकास बैंकको १९ करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आइतबार गोर्खाज फाइनान्सका सेयरधनीहरुले सर्वाधिक कमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन युनियन हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट नै लाग्यो।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ६, १६: ५९: ०५

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार ६, १६: ५९: ०५

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ असार ६, १६: ५९: ०५

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP