July 29, 2021, Thursday
बागमति र गण्डकी प्रदेशका केन्द्रीय सदस्य कसले के सुझाव दिए देउवालाई ?

‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’


नयाँ बिकल्प,

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको आगामी १४ औं महाधिवशेनमा पुन सभापति जिताउन संस्थापन पक्षधरका नेता र कार्याकर्तालाई आफ्नो पक्षमा प्रतिबद्ध बनाइ राख्न तिनीहरुको गुनासो संवोधान गर्नु पर्ने नेताहरुले सुझाव दिएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाले आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने १४ औं महाधिवशेनमा सभापतिमा आफू पुनः उम्मेदवार हुन चाहेकोले समय सीमा नराखी सुझाव दिन गरेको आग्रहपछि बागमति र गण्डकी प्रदेशका संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले यस्तो सुझाव दिएका हुन्।

उनीहरुले सभापति देउवालाई आफू निकटकाको समर्थन कायम राख्दै कुनै गुट वा समूहमा नलागेका र अन्य समूहसँग निकट भएर पनि असन्तुष्ट भएका नेता कार्यकर्तासँग सम्पर्क गरी उनीहरुको समेत गुनासो र समस्यालाई संवोधन गर्नु पर्ने सुझाव दिएका हुन्।

आइतबार बिहान देउवा निवास बुढानिलकण्ठमा सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु महालक्ष्मी उपाध्याय ‘डीना’, राष्ट्रिय सभाका संसदीय दलका पूर्वनेता सुरेन्द्रराज पाण्डे, अम्बिका बस्नेत, मोहनबहादुर बस्नेत, शिवप्रसाद हुमागाइ, किरण गिरी, विष्णुबिक्रम थापा, शंकर भण्डारी लगायतले सुझाव दिएका थिए।

नेता पाण्डेले आगामी महाधिवेशनमा सभापति देउवासहित आफ्नो टिमलाई जिताउन भोलिदेखि नै रणनीतिक एक्सनमा उत्रनु पर्ने सुझाव दिएका थिए। उनले संगठन, प्रचार–प्रसार, रणनीति, आन्तरिक तयारी र व्यवस्थापनको लागि निश्चित जिम्मेवारी सहितको टिम बनाउन सुझाव दिए।

भेटमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार सहमहामन्त्री डा. महतले सभापति देउवा र संस्थापन पक्षको पहुँच र प्रभाव आमसंचारमाध्यममा भए पनि सकारात्मक सन्देश तुलनात्मक रुपमा प्रभाह हुन नसकेको गुनासो गरे।

उपाध्यायले पहिलो चरणमा नै सभापतिमा विजयी हुने गरी योजना र कार्य गर्नु पर्ने भन्दै दोश्रो चरणमा प्रवेश भएमा अनेकौं झमेला र चलखेल हुनसक्ने तर्फ सभापति देउवाको ध्यानाकर्षण गराएकी थिइन्।

केन्द्रीय सदस्य अम्बिका बस्नेतले संस्थापन निकटका कार्यकर्तामध्ये काठमाडौं जिल्लामा झण्डै पाँच सयलाई सदस्यताको फारम नै नदिइएको गुनासो गरिन् । उनले काठमाडौं जिल्लामा पकड जमाउन पार्टीको तेश्रो धारका नेतासँग सल्लाह गर्नु जरुरी भएको बताएकी थिइन।

केन्द्रीय सदस्य किरण गिरीले सभापति देउवासँग संवैधानिक र कानूनी बिकल्प हुँदा हुँदै भदौमै महाधिवेशन गर्ने इच्छाशक्ति देखाएको भन्दै देशव्यापी आफूनिकटका र तठस्थ नेता र कार्यकर्तासँग दैनिक ब्रिफिङ जरुरी रहेको सुझाव दिएका थिए।

गिरीले आमसंचार माध्यममा नेपाली कांग्रेसका गतिविधिका समाचार समेटिए पनि सकारात्मक अन्तरबस्तु भन्दा नकारात्मक समाचार प्रवाह भएको भन्दै त्यसलाई रोक्न सशक्त र सही सूचना प्रवाहलाई तिब्रता दिन जरुरी भएको सुझाव दिएका थिए।

केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सभापति देउवालाई पुन पार्टीको नेतृत्वमा पुर्याउन आफूहरु सँधै तयार रहेको भन्दै जस्तोसुकै जिम्मेवारी दिए पनि पुरा गर्ने प्रतिबद्धता जनाएका थिए।

अर्का केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले सदस्यता वितरणमा काभ्रे जिल्लामा धेरै पक्षपात भएको र आफू निकटकालाई सदस्यता फारम नै नदिनेसम्मको अन्याय भएको गुनासो गरे। उनले जिल्ला जिल्लाका साथिहरुको गुनासो संवोधन गर्न सभापति देउवासँग आग्रह गरेका थिए।

केन्द्रीय सदस्य तथा तरुण विभाग प्रमुख शंकर भण्डारीले महाधिवेशनको सबै किसिमको तयारी गर्न जिम्मेवारी तोकिनु पर्ने सुझाव दिएका थिए भने बहादुर सिंह लामाले सभापति देउवालाई पार्टी नेतृत्वमा पुर्याउन आफ्नो पूर्ण समर्थन रहेको विश्वास दिलाएका थिए।

अर्का केन्द्रीय सदस्य विष्णुबिक्रम थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आएका सबै केन्द्रीय सदस्य र क्रियाशिल सदस्यहरु पार्टी सभापतिलाई निर्वाचनमा जिताउने पक्षमै रहेको भन्दै सहमहामन्त्री सुनिलबहादुर थापा र बाबुराम बस्नेतले शनिबार दिएकै अभिव्यक्ति झैं आफूहरु एक ढिक्का भएको प्रतिवद्धता जनाएका थिए।

सहभागी एक केन्द्रीय सदस्यले तेश्रो धारको नेतृत्व लिएका कृष्णप्रसाद सिटौला, युवा नेता गगनकुमार थापा, पूर्वरक्षामन्त्री भिमसेनदास प्रधानसँग समेत छलफल गरेर उनीहरुलाई पनि समेट्न सभापति देउवालाई सुझाव दिएका थिए।

‘निधीलाई मैले छाडेपछि दिन्छु भनेको हो’

बागमति र गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँगको छलफलमा सभापति देउवाले पार्टीको संस्थापन पक्षमा रहेका उपसभापति विमलेन्द्र निधीलाई आफूले छाडेपछि नेतृत्व दिन्छु भनेर स्पस्ट पारेकाे बताए।

‘मैले १३ औं महाधिवेशन अघि उ(निधी) सँग कुरा गर्दा नेतृत्व छाडेपछि तपाईंलाई नै दिउँला भनेको हो। १४औं महाधिवेशनमै नेतृत्व दिन्छु भनेको होइन’ सभापति देउवावको भनाई उधृत गर्दै एक सहभागीले भने, ‘मैले अहिले पुनः उठ्ने इच्छा देखाएपछि मलाई सहयोग गर्नु पर्यो भनेको हो।’

सभापति देउवाको जवाफपछि निधीले ‘म अहिले नै तपाईंको प्रस्तावमा सभापतिमा उठ्छु’ भनेपछि देउवाले कुनै जवाफ नदिएको बताएका थिए।

देउवाले पार्टीलाई पुरानै अवस्थामा पुर्याउन, बहुमत दिलाएर छाड्ने इच्छा भएको र १५औं महाधिवेशनमा नेतृत्वको चाहना नरहेको बताएका थिए। उनले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरबाट मात्र नभई देशभित्रका सबै राजनीतिक दल र शक्तिले आफूलाई केपी शर्मा ओलीबिरुद्ध साथ र सहयोग रहेको जनाएका थिए।

सम्बन्धित समाचार

मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसदको पदबहालीको मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसदको पदबहालीको मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
  • २०७८ असार ६, १८: ३३: ०७

नयाँ बिकल्प, काठमाडौं । तत्कालिन माओबादी केन्द्रबाट चुनाव लडेर प्रतिनिधिसभा सदस्य भएका ४ सांसदहरु एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको...

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ६, १८: ३३: ०७

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार ६, १८: ३३: ०७

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

भर्खरै

TOP