July 29, 2021, Thursday
प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्रीलाई पठाइयो ज्ञापनपत्र

बागमती प्रदेश सरकारको निणर्य सच्याउन पत्रकार महासंघ काठमाडौंको माग

नयाँ बिकल्प,

काठमाडौं । वागमती प्रदेश सरकारले गरेको संचारगृह आफै संचालन गर्ने निणर्य सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्री डोरमणी पौडेललाई ज्ञापन पत्र बुझाएको छ।

आर्थिक वर्ष २०७८–०७९को वजेटमा बागमती प्रदेश सरकारले आफैंले संचारगृह संचालन गर्ने नीति ल्याएपछि पत्रकार महासंघ उपत्यका समितिको समन्वयमा काठमाडौं शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै तत्काल निणर्य सच्याउन आग्रह गरेको हो।

महासंघ उपत्यका प्रदेश अध्यक्ष श्रीजन झाको समन्वयमा काठमाडौं शाखाका सचिव महेश्वर गौतमले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत मुख्यमन्त्री पौडेललाई ज्ञापन पत्र बुझाएका हुन्।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पराजुलीले आफूले मुख्यमन्त्रीसमक्ष पत्र पठाउने बताए ।
‘निजी तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई घाँटी निमोठेर स्वतन्त्र प्रेस र नागरिकका आवाजहरुलाई दबाउने मनासयले लोकतन्त्रको मूल्य मान्यतालाई समेत उपहास हुने गरी बागमती प्रदेश सरकार आफैंले सञ्चारमाध्यम सञ्चालन गर्न बजेट विनियोजन गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने दिशामा अघि बढेको महासंघको ठहर रहेको छ।’ ज्ञापनपत्रमा भनिएको छ।

ज्ञापन पत्रमा ‘संघीय सरकार मातहत रहेका सञ्चारमाध्यमसमेत स्वायत्त र स्वतन्त्र बनाउन गृहकार्य भइरहेको सन्दर्भमा बागमती प्रदेश सरकार आफैले आमसञ्चार गृह सञ्चालन गर्न खोज्नुले स्वतन्त्र पे्रेसलाई निरंकुशताको कडी लगाउन खोजको प्रष्ट भएकोे’ उल्लेख गरिएको छ।

देशभरका ६६ प्रतिशत सञ्चारमाध्यम र नेपाल पत्रकार महासंघका ४८ प्रतिशत सदस्य बागमति प्रदेशमा रहेको भन्दै ज्ञापन पत्रमा आमसञ्चार जगतको संरक्षण, प्रवर्धन तथा क्षमता अभिवृद्धिका लागि पुँजीगत अनुदानदेखि लोककल्याणकारी विज्ञापनका लागि बजेट विनियोजन गर्न माग गरिएको छ।

यस्तै सञ्चारमाध्यमको प्रवर्धन र सञ्चारकर्मीहरुको हितमा बजेट ल्याउन माग गरिएको छ। महासंघ काठमाडौं शाखाले प्रदेश सरकार आफैंले संचार गृह चलाउने निणर्य फिर्ता नभए कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ।

ज्ञापनपत्र बुझाउन उपत्यका प्रदेश समितिका सचिव रोशनराज पाण्डे, काठमाडौं शाखाका उपाध्यक्ष अप्सरा गौतम र पत्रकार अनुप प्रधान जिल्ला प्रसासन कार्यालय पुगेका थिए।

सम्बन्धित समाचार

नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबारमा पनि गिरावट
नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबारमा पनि गिरावट
  • २०७८ असार ६, २२: १४: १२

नयाँ बिकल्प, काठमाडौं – करिव ३१ सयको विन्दुमा पुगेको नेप्से बिहीवबार दोहोरो अंकले आरालो लागेको छ। आज १५.११ अंकले गिरावट...

मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसद पदबहाली मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसद पदबहाली मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
  • २०७८ असार ६, २२: १४: १२

नयाँ बिकल्प, काठमाडौं । तत्कालिन माओबादी केन्द्रबाट चुनाव लडेर प्रतिनिधिसभा सदस्य भएका ४ सांसदहरु एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको...

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ६, २२: १४: १२

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

भर्खरै

TOP