July 29, 2021, Thursday

पत्रकार महासंघ युकेको नयाँ कार्यसमितिको घोषणासहित प्रतिवद्धता


नयाँ बिकल्प,

लण्डन। नेपाल पत्रकार महासंघ बेलायत (एफएनजे युके) शाखाको पाचौँ अधिवेसनबाट नवनिर्वाचित कार्यसमितिलाई शुभकामना तथा घोषणासभा आइतबार भर्चुअल रुपमा सम्पन्न भएको छ।

एफएनजे युकेका नव निर्वाचित अध्यक्ष बिपिन निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सन् २०२१ देखि २०२४ सम्म ३ बर्षे कार्यकालका लागि विभिन्न प्रतिबद्धता ब्यक्त गरिएको छ।

महासंघ केन्द्रीय समितिका अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा महासंघकै पूर्वकेन्द्रिय अध्यक्षद्वय तारानाथ दाहाल र धर्मेन्द्र झाले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गरे।

सूचना आयोगका पूर्वआयुक्त किरण पोखरेल, नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, पूर्वउपाध्यक्ष दामोदरप्रसाद दवाडी, महासचिब अजयबाबु शिवाकोटी महासंघ युरोप शाखाकी अध्यक्ष सरस्वती कार्की, बरिष्ठ उपाध्यक्ष महेश खातीले शुभकामना ब्यक्त गरेका थिए।

महासंघ युकेको पाँचौ अधिवेशनका लागि केन्द्रिय प्रतिनिधि भगीरथ योगीले कार्यक्रम अघि नै शुभकामना ब्यक्त गरेका थिए। भर्चुअल बैठकमा महासंघ केन्द्रिय सदस्यहरु रमेश खतिवडा, सरिता तिम्सिना पंगेनी र ललिता शाह, लेखा समिति सदस्य देवी सापकोटा र बागमती प्रदेश अध्यक्ष शिव देवकोटाको उपस्थिति थियो।

वक्ताहरुले महासंघको बिधान बमोजिम निरौलाको कार्यसमितिलाई केन्द्रले मान्यता दिने विश्वास व्यक्त गरे। महासंघका पूर्वकेन्द्रिय संगठन बिभाग सदस्य ओम शर्माले नवनिर्वाचित कार्यसमितिको नामावली पढेर सुनाएका थिए।

महासंघ युके निवर्तमान वरिष्ठ उपाध्यक्ष श्याम लुईटेलले गत आइतबार सम्पन पोस्टल भोटिंगमा भएको धाँधलीबारे प्रस्ट पारेका थिए।
नेपाली जनसम्पर्क समिति युकेका कार्यवाहक अध्यक्ष महेश दाहाल, एमाले निकट प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनी तथा प्रवासी नेपाली एकता मञ्च युकेका महासचिव सरेशजंग शाह, माओबादी निकट जनप्रगतिशील मञ्च युकेका अध्यक्ष सुरेश गौतमले शुभकामना ब्यक्त गरेका थिए।

सामाजिक अभियन्ता शेर सुनार,नेपाल मगर संघका महासचिब रुद्र थापा नेपाल आदिवासी जनजाती महासंघ युकेका नवनिर्वाचित अध्यक्ष कर्मा पहाडी शेर्पाले शुभकामना एबम् धन्यबाद ब्यक्त गरेका थिए।

महासंघका नवनिर्वाचित उपाध्यक्ष एभरेस्ट गौतमले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने कार्यसमितिका सदस्य खुशी लिम्बुले संवोधन गरेकी थिइन्। कार्यसमितिका अन्य नवनिर्वाचित महिला उपाध्यक्षमा बिमला लिम्बु, सचिब सिर्जना निङ्लेकु, कोषाध्यक्ष मनी सुबेदी र सदस्यहरु मन्दिप केसी तथा जिबन गाउँले रहेका छन्।

लुइँटेल र डा. कार्की सल्लाहकार मनोनयन

यसैबीच महासंघ युकेका अध्यक्ष निरौलाको अध्यक्षतामा बसेको कार्यसमितिको पहिलो बैठकले विभिन्न प्रतिबध्दता र निणर्यहरु गर्दै शाखाको सल्लाहकारमा निबर्तमान बरिष्ठ उपाध्यक्ष श्याम लुईटेल र निबर्तमान सचिब डा. जगन कार्कीलाइ मनोनयन गरेको छ।

सल्लाहकार र कार्यसमिति सदस्यहरुको मनोनयन चाडै गरिने भन्दै निरौलाले अधिबेशन र कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबै संघ-संस्था तथा सहयोगीहरुलाई धन्यबाद ब्यक्त गरे। समितिमा छुटेका सक्रिय पत्रकारहरुलाई नयाँ सदस्यता दिलाउनको लागि केन्द्रमा पठाउने निणर्य समेत गरेको छ।

अध्यक्ष निरौलाले पत्रकारहरुलाई कृयाशिल बनाउन र बृत्तिविकास गर्न तालिमको व्यवस्था गरिने, महासंघ काठमाडौसँग ज्ञान र अनुभव साटासाट गर्ने तथा बेलायतमा पत्रकारितामा गरिएका अनुभवलाई साट्ने व्यवस्था मिलाइने छ।

अध्यक्ष निरौलाले कोभिड १९ बाट पत्रकारहरु कसरी जोगिएर काम गर्ने बारेमा गोष्ठी र अन्तरक्रिया गरिने, नयाँ पुस्ताका नेपाली पत्रकारसँग जोडन निश्चित पदमा कोटाको व्यवस्था गरिने र ति पदहरुमा निर्वाचन नगरिने स्पस्ट पारे।

विदेशस्थित शाखाहरुसँग सहकार्यलाई जारी राखि सहयोग आदान प्रदान तथा जनचेतनामुलुक कार्यहरु अघि बढाइने, बेलायतमा खोजमुलक पत्रकारिता गर्ने एक जनालाई बर्षमा ५ सय पाउण्ड पुरस्कृत गर्ने गरि पत्रकारिता पुरस्कार स्थापना गरिने अध्यक्ष निरौलाले घोषणा गरे।

शाखाले प्रेस युनियन, प्रेस चौतारी , प्रेस सेन्टर र फ़ोनिजका सदस्यहरुलाई समेत फाइदा हुने गरि सित्तैमा अनलाईन तालिमको व्यवस्था गरिने जनाएको छ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ७, १३: ३८: १३

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार ७, १३: ३८: १३

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ असार ७, १३: ३८: १३

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP