July 29, 2021, Thursday

नेपालमा फेला नयाँ प्रकारकाे कोरोनाको म्युटेसन


नयाँ विकल्प,


काठमाडाैं-नेपालमा कोरोनाको नयाँ म्युटेसन फेला परेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोरोनाको आनुवंशिक संरचनाको अध्ययनका लागि पठाएका ४८ वटा कोरोना भाइरसका नमुनामध्ये ४७ वाटामा डेल्टा भेरियन्ट भेटिएको जनाएको छ ।

डेल्टा भेरियन्ट सुरुमा भारतमा देखापरेको थियो । तर, अहिले नेपालले परीक्षण गरेका नमुनामध्ये ९ वटामा उक्त डेल्टा भेरियन्टमा पनि परिवर्तन आएको र नयाँ म्युटेसन देखिएको मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त म्युटेसन नेपालसहित १० वटा देशमा पुष्टि भएको छ । त्यसलाई के४१७एन नाम दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ४८ नमुनामध्ये ९ वटामा नयाँ म्युटेसन फेला परेको हो ।


ती मध्ये ४७ नमुनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) र एउटामा अल्फा भेरियन्ट (बी १.१.७) फेला परेको छ । सहप्रवक्ता अधिकारीका अनुसार ४७ डेल्टा भेरियन्टमध्ये ९ नमुनामा (के ४१७ एन) म्युटेसन भेटिएको छ ।

कोरोना भाइरसले नयाँ नयाँ स्वरुप परिवर्तन गर्दै गइरहेको र नयाँ म्युटेसन अझै संक्रामक भएको भन्दै संक्रमण रोक्न सबै जिम्मेवार बन्न मन्त्रालयले अपिल गरेको छ ।

सम्बन्धित समाचार

हिजोको दिनमा भएका गल्ती नदोहोर्याइकन नयाँ ढङ्ग, पहिचान र रणनीतिबाट अबको सरकार अगाडि बढ्नुपर्छ
हिजोको दिनमा भएका गल्ती नदोहोर्याइकन नयाँ ढङ्ग, पहिचान र रणनीतिबाट अबको सरकार अगाडि बढ्नुपर्छ
  • २०७८ असार ७, १४: ५०: ४९

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारको प्रमुख दायित्व के के छन् र ति कसरी कार्यान्वयन हुन्छन् ?होइन, त्यस्तो बिल्कुलै होइन । सरकार भर्खरै...

नेपाल प्रजातन्त्रको प्रयोगशाला अनि सर्वोच्च अदालत प्रजातन्त्रको पहरेदार
नेपाल प्रजातन्त्रको प्रयोगशाला अनि सर्वोच्च अदालत प्रजातन्त्रको पहरेदार
  • २०७८ असार ७, १४: ५०: ४९

१. हाम्रो नेपालमा विश्वमा कतै नभएका राजनीतिक परिघटनाहरु हुने गर्छन् जसलाई प्रजातन्त्रका लागि नकारात्मक तथा सकारात्मक प्रयोगशालाको रुपमा लिनुपर्छ । पछिल्लो...

सरकार गठन गर्न नसक्ने अवस्था भयो भने स्वविवेक प्रयोग गर्न सकिन्छ
सरकार गठन गर्न नसक्ने अवस्था भयो भने स्वविवेक प्रयोग गर्न सकिन्छ
  • २०७८ असार ७, १४: ५०: ४९

सर्वोच्च अदालतबाट संसद् विघटन सम्बन्धी परेको मुद्दाको अन्तिम फैसलाबाट के.पी. शर्मा ओली सत्ताबाट बाहिरिएका छन् । अहङ्कार र अन्तरविरोधको कारण आफ्नै...

भर्खरै

TOP