July 29, 2021, Thursday

नेपाली काँग्रेसको १४औं महाअधिवेशन कार्यतालिका अनुसार नै सम्पन्न हुन्छ

नेपाली काँग्रेसको १४औं महाधिवेशन साउन १२ गतेबाट सुरु भएर भाद्र १९ गते सम्ममा सम्पन्न गर्नेगरी कार्यतालिका प्रकासित भएको छ । विभिन्न जिल्लाहरुमा विवाद कायम रहेपनि विवादलाई समाधान गर्नका लागि केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठन भएको बताईएको छ ।

कोरोना कहर लामो समयसम्म रहेको र अधिकांश केन्द्रीय सदस्यहरुलाई समेत कोरोना लागेको हुँदा पनि काममा बाधा पुगेको अवस्थामा पार्टीको कानुनी बैद्यतालाई जोगाउनुपर्ने बाध्यताका कारण १४औं महाधिवेशन अनिवार्य गर्नुपर्ने देखिन्छ ।

तथापी अझैपनि विभिन्न जिल्लाहरुमा निषेधाज्ञा कायम रहेको हुँदा काममा कठीनाई परिरहेको देखिन्छ । नेपाली काँग्रेसका नेता एवम् सक्रिय सदस्य छानविन समितिका संयोजक रमेश लेखकसँग काँग्रेस १४औं महाधिवेशनका केन्द्रीत भएर हाम्रा वरिष्ठ संवाददाता ऋषि धमलाले गरेको कुराकानीको सम्पादीत अंशः

अब नेपाली काँग्रेसको महाधिवेशन साँच्चै हुन्छ की फेरी मिति फेर्नु पर्ने हो तपाई के भन्नुहुन्छ ?
हाम्रो पार्टीको महाधिवेशन अब साँच्चिकै हुन्छ । हामी सबै नेपाली काँग्रेसको महाधिवेशन गर्न प्रतिबद्ध छौं । एकअर्का बिचमा यस बारेमा गम्भीर छलफल भएको छ ।

सभापतिले यही भाद्र महिनाभित्रमा महाधिवेशन गरीसक्ने भनेर प्रतिबद्धता निश्चित रुपले सार्वजनिक व्यक्त गर्नुभएको छ । व्यक्तिगत रुपले भेट्दा पनि सभापतिले मलाई बोलाएर क्रियाशिल सदस्यताको काम सकिन्छ कि सकिदैन ? कहिले सकिन्छ ? महाधिवेशन जसरी पनि गर्नुपर्छ भनेको मितिमा महाधिवेशन गर्ने भनेर सबै तयारी गर्नुहोस् भनेर भन्नुभएको छ ।

त्यसोभए तपाईलाई दिएको जिम्मेवारी पुरा गर्न नसकेर क्रियाशिल सदस्यतामा विवाद आएको हो त ?
होइन, हामी काम गरिराखेका छौं । वास्तवमा यो कोभिड महामारीको कारणले अवस्था जटिल छ । अहिले पनि हेर्ने हो भने देशका धेरै ठाउँका जिल्लाहरुमा निषेधाज्ञा छ, लकडाउन छ । राजधानी काठमाडौंमा पनि लकडाउन छ । एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अवस्था छैन ।

चारजना मान्छे एक ठाउँ बसेर काम गर्न गाह्रो छ । यस्तो प्रतिकुल अवस्थाका बाबजुद पनि साथीभाइहरुले देशभरीबाट मेहेनत गरेर काम गर्दिनुभएको छ र म के जानकारी गराउन चाहन्छु भने देशभरबाट अहिले नेपाली काँग्रेसको वेवसाइटमा नविकरण र नयाँ गरेर आठ लाख सदस्यता प्रस्तावित भइसकेको स्थिति छ । त्यसो भएको हुनाले सदस्यताको इन्ट्रि गर्ने एक चरणको काम हामीले सकिसकेका छौं ।

केही जिल्ला बाहेक अधिकांश जिल्लाहरुबाट इन्ट्रि भइसकेको अवस्था छ । अब हामी दोस्रो चरणमा प्रवेश गरेका छौं । हामीले सबै क्रियाशिल सदस्यता नविकरण र नयाँको क्रियाशिल सदस्यतालाई नेपाली काँग्रेसको वेवसाइट धधध।लभउबष्अियलनचभकक।यचन मा सार्वजनिक गरेका छौं ।

त्यो सार्वजनिक यस कारणले गरेका छौं कि कसैको काहीनिर गुनासो छ, उजुरी छ, कहि गलत नाम इन्ट्रि भएको छ वा कसैको छुटेको छ वा सच्याउनु पर्ने छ, अथवा प्रक्रिया नपुगेको देशभरीबाट गुनासो आइराखेको छ । अब सार्वजनिक गर्ने काम पनि सकिसके पछि देशभरीबाट आएका गुनासोमा प्रवेश गरेर त्यसमा निर्णय गरेर अन्तिम नामावली तयार गर्छाै ।

त्यसोभए साउनको दोेस्रो हप्तादेखि तल्लो तहको अधिवेशन गर्न सक्नुहुन्छ त ?
हामी गर्ने गरेर नै तयारी गरिराखेका छौं र मैले केन्द्रीय समितिमा पनि भनेको छु कि हामी यो महिना भित्रमा क्रियाशिल सदस्यताको काम सकाउँछौं । हामीलाई २० गतेभित्र सिध्याउनुपर्छ भनेर केन्द्रीय समितिले भनिराखेको अवस्था छ । मैले ढिलोमा यो महिनाभित्र सकाउछौं गरेर हामी कोशिस गर्छौ भनेर भनेको छु । म यस नयाँ विकल्प अनलाईनमार्फत् के आग्रह गर्न चाहन्छु भने देश भरीका सबै साथीहरु नेपाली काँग्रेसको वेवसाइटमा क्रियाशिल सदस्यताको स्थिति हेरेर तपाईहरु आफ्नो गुनासो जति सक्दो छिटो पठाउनुहोस् भन्न चाहन्छु ।

अस्ति मात्रै हाम्रो समितिले के निर्णय गरेको छ भने क्रियाशिल सदस्यताको नविकरणको हकमा हामी अत्यन्त ज्यादा उदार हुन्छौं । नेपाली काँग्रेसको आज जुन क्रियाशिल सदस्य छ, त्यो क्रियाशिल सदस्यले यदि आफ्नो क्रियाशिल नविकरण गर्न चाहन्छ भने पार्टी परित्याग नगरेको र पछिल्लो निर्वाचनमा पार्टीको विरुद्धमा पार्टी उम्मेद्वार नभएको र पार्टीको कारवाही नभएको मानिस बाहेक जो पनि क्रियाशिल सदस्यता नविकरण गर्न चान्छन् भने उहाँहरुलाई नविकरण गर्न हामीले आह्वान गरेको छौं ।

सबै जिल्ला समिति, क्षेत्रीय समिति, प्रदेश समिति, पालिका समिति र वडा समितिहरुलाई हामीले निर्णय गरेर पत्र पठाइसकेका छौं । असार ०९ गते भित्रमा पालिका, वडा, क्षेत्र, जिल्लाले यो वडामा यति मानिस छुटेका छन् भनेर शुल्क सहित केन्द्रमा नामावली दिए हुन्छ वा व्यक्तिगत रुपले आएर मेरो क्रियाशिल सदस्यता नविकरण गर्दिन्छौं ।

एउटा के कुरामा कठिनाइ भएको छ भने विभिन्न जिल्लाबाट वडादेखि लिएर जिल्लासम्मका सबै समितिहरुको क्रियाशिल सदस्यता सम्बन्धी निर्णय समेतमा कागजात केन्द्रमा आइपुग्नुपर्ने हो तर यो कोरोना महामारीका कारणले होकी अझैसम्म आइपुगेको अवस्था छैन । हामीले जिल्ला समिति, क्षेत्रीय समितिहरुलाई कागजातहरुलाई चाहे भन्दा केन्द्रमा पठाउनका लागि निर्णय गरेर निर्देशन दिइसकेका छौं र तद्नुरुप काम गरिराखका छौं ।

तर अझैपनि कतिपय जिल्लाहरुमा विवाद छ नि किन ?
ति विवादहरुलाई छलफल गरेर हामीले कार्य विभाजन गरेका छौं । हाम्रो समितिमा १ जना म संयोजक र ६ जना सदस्य हुनुहुन्छ । हामीले प्रदेशवाइज सदस्यहरुको कार्य विभाजन गरेका छौं ।

जस्तो कि १ नं. र २ नं. प्रदेश केन्द्रीय सदस्य आनन्द ढुङ्गाना र जिवन परियारले बागमती प्रदेश र गण्डकी प्रदेश श्याम घिमिरे र प्रदिप पौडेलले र प्रदेश नं. ५ ६ र ७ मा केन्द्रीय सदस्य कल्याण गुरुङ्ग र योगेन्द्र चौधरीले गुनासो हेर्ने गरेर कार्यविभाजन गरेका छौं र तदनुरुप पार्टी कार्यालयको ३ जना समिति रामचन्द्र घिमिरे, डा. प्रदीप पराजुली र केशव रिजाललाई ३ वटै उपसमिति अथवा समूहमा सचिवका रुपमा काम गर्ने गरेर पनि हामीले कार्य विभाजन गरिसकेका छौं ।

साथीहरुले एक÷एक जिल्लाको एक÷एक प्रदेशको क्षेत्रका व्यक्तिगत गुनासो र संस्थागत गुनासो पनि हेर्नुहुन्छ तद्नुरुप आफ्नो राय समेत उहाँहरुले समितिमा पेश गर्नुहुन्छ र समितिले त्यसलाई निर्णय गर्छ । त्यसो भएको हुनाले सबै तयारी अगाडी बढेका छन् ।

सम्भवतः हामी यो कामलाई ठिक ढङ्गले सम्पन्न गर्न सक्छौं भन्ने विश्वासका साथ हामी काम गरिराखेका छौं । मैले पत्रकार साथीहरु र सञ्चारमाध्यमका साथीहरुलाई के आग्रह गर्न चाहन्छु भने अब नेपाली काँग्रेस पार्टीको महाधिवेशन हुन्छ कि हुँदैन भन्ने दुविधामा नबसौं र हुन्छ की हुँदैन भन्ने भ्रममा पनि नपरौं ।

नेपाली काँग्रेस पार्टीको केन्द्रीय महाधिवेशन हुन्छ, पार्टीका महाधिवेशनहरु हुन्छन् भन्ने नै विश्वासका साथ अगाडि बढेका छौं । समितिको कारणले अथवा क्रियाशिल सदस्यतामा समयमा निर्णय हुन नसकेका कारणले माधिवेशन रोकिदैन आन्तरिक तयारीका कारणले महाधिवेशन रोकिदैन भन्ने विश्वासका साथ अगाडि बढ्नुपर्छ ।

प्रधानमन्त्री के.पी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन र मैले जे गरेको छु संविधान सम्मत गरेको छु भनेर भन्नुभएको छ नि तपाई के भन्नुहुन्छ ?
राष्ट्रपतिको निर्णय न्यायिक पुनरावलोकन हुँदैन भन्ने सिद्धान्त नै गलत हो । राष्ट्रपतिको निर्णय हाम्रै सर्वोच्च अदालतले पुनरावलोकन गरिसकेको छ । जसरी हिजोका दिनमा राजाले गरेका कामकामाथि अदालतमा मुद्दा लाग्दैन, राजाको विरुद्ध अदालतले आदेश जारी गर्दैन भनेजस्तै आज हामी राजा नै हो भन्ने चेतना त्यो निरकुंशता र अधिनायकवादी चरित्रबाट उत्पन्न विचार हो ।

राष्ट्रपति कानुनभन्दा माथि हुन सक्दैन । संविधान भन्दा माथी हुन सक्दैन । संविधानले के भनेको छ भने राष्ट्रपतिले यो संविधानको पालना र संरक्षण गर्नेछन् भनेको छ ।

पालना गर्ने भनेको के हो ? त्यो संविधान आफु पनि मान्ने र अरुलाई पनि मान्न लगाउने भनेको हो । त्यसकारणले उहाँहरुको सद्धान्त नै निरकुंशतावादी सिद्धान्त हो । त्यो सिद्धान्त अधिनायकवादी र सर्वभत्तावादी सिद्धान्त हो । संविधानभन्दा माथि कुनै वस्तु, संस्था, प्रधानमन्त्री वा राष्ट्रपति हुन सक्दैन ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ७, १६: २०: ५७

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार ७, १६: २०: ५७

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ असार ७, १६: २०: ५७

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP