July 29, 2021, Thursday
‘म्यारिज एनिभर्सरी’मा निधीको ‘लन्च’ मिटिङमा त्रयनेता देखेपछि गरिएको अड्कलबाजी

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?


नयाँ बिकल्प,

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९ सम्म गर्ने कार्यतालिका अनुमोदन गरेको भोलीदेखि नै नेतृत्वका आकांक्षीहरुको दौडधुप तीब्र बन्न थालेको छ।

महाधिवेशनको मिति निश्चित भएसँगै पार्टी सभापति देउवाले पुन नेतृत्व लिने चाहना देखाएपछि पार्टी भित्र नेतृत्वको आकांक्षीहरुको गतिविधि बढ्न थालेको छ। देउवाले शनिबार नै आफू निकटका केन्द्रीय सदस्यसँग भेटेर सहयोगको अपेक्षा गरेसँगै दौडधुप बढेको हो।

शनिबार देउवाले सुझावको लागि आफ्नो निवास बुढानिलकण्ठमा बोलाएको आफू निकटका केन्द्रीय सदस्यहरुको छलफलका क्रममा आफै सभापतिको दाबेदार रहेको बताएका उपसभापति विमलेन्द्र निधीको दौडधुप यतिवेला निकै तीब्र हुन थालेको छ।

आफ्नो बैबाहिक वर्षगाँठको अवसर पारेर सोमबार नै उपसभापति निधीले पार्टी महामन्त्री तथा संस्थापक नेता वीपी कोइरालाका कनिष्ठ पुत्र डा.शशांक कोइराला र पूर्वमहामन्त्री तथा लौहपुरुष गणेशमान सिंहका पुत्र प्रकाशमान सिंहलाई आफ्नै निवासमा लन्च मिटिङ गरेका छन्।

पार्टीका तीन संस्थापक नेता बीपीपुत्र डा. शशांक, गणेशमानपुत्र प्रकाशमान र महेन्द्रनारायणपुत्र विमलेन्द्रबीचको लन्च मिटिङको तस्वीरलाई लिएर धेरैले तीन नेताबीच महाधिवेशनको संघारमा मिलेर जाने छलफल भयो कि भन्ने अड्कलबाजी लगाएका छन्।

राजनीतिमा प्रकाशमान र डा. शशांकभन्दा निधी स्वभावलै अनुभव र सिनियर हुन्। सिंहले सार्वजनिक रुपमा पार्टीका संस्थापक नेताको बिरासत सम्हाल्न पनि आफूहरुबीचको एकतामा बेला बेला जोड दिँदै आएका छन्।

महामन्त्री डा. शशांकले भने सर्वजनिक रुपमा ‘कोइराला परिवारको बिरासत र आस्थालाई ढल्न दिने छैन’ बाहेकको अभिव्यक्ति दिएका छन्। डा.शशांकको मौन प्रस्तुतिले पार्टीका धेरै नेता र कार्यकर्तामा अन्योल सृजना गर्ने गर्छ।

पार्टी सभापति देउवासँगको भेटमा आगामी महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन जनाउन आग्रह गरेपछि संस्थापन पक्षमा निधीलाई विश्वासमा लिन देउवालाई उनी निकटका नेताहरुले दबाबपूर्ण सुझाव दिन थालेका छन्।

सभापति देउवालाई सभापतिमा टक्कर दिने अडान प्रस्तुत गरेको एक दिनपछि नै कोइराला र सिंहलाई आफ्नै निवासमा बोलाएर लन्च मिटिङ गर्नुलाई धेरैले निधीले सभापतिको तयारी बलियो बनाउँदै लगेको अड्कलबाजी गरेका छन्।

अन्तरमुखी स्वभावका महामन्त्री कोइराला पनि डा.शेखर कोइरालाले परिवारको बिरासत जोगाउन र उत्तराधिकारीको रुपमा अगाडि उभ्याएपछि आफ्नो पालो नआउला भन्ने भयका कारण सिंह र निधीसँग बारम्बार भेट्दै आएका छन्।

उपसभापति निधी विगत २० वर्षदेखि देउवालाई नेता मानेर उनलाई साथ दिँदै आएका छन्। देउवापछि नेविसंघको नेतृत्व सम्हालिसकेको अनुभव लिएका निधीको पकड तराई र मधेशमा राम्रो भएको विश्वास गरिन्छ।

२०५९ सालमा तत्कालिन नेपाली कांग्रेसलाई विभाजन गरी नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्दा देउवालाई साथ दिने ६ जना केन्द्रीय सदस्यमध्ये सिंह र निधी थिए।

देउवालाई २०५९ सालमा पार्टी विभाजन गर्दा साथ दिने तत्कालिन उपसभापति चिरिञ्जिबी वाग्लेले देउवालाई छाडिसकेका छन भने महामन्त्री बनेका खुमबहादुुर खड्काको निधन भएको छ । सहमहामन्त्री विजय गच्छदारले कांग्रेस छाडेर पुन कांग्रेसमा फर्किएका छन्।

कोेइराला र सिंह यतिवेला रामचन्द्र पौडेलले नेतृत्व गरिरहेको संस्थापनइत्तर पक्ष (गुट) मा छन भने निधी हालसम्म पनि देउवा समूहका शीर्ष नेतामै पर्छन्।

अघिल्लो १३ औं महाधिवेशनमै सभापतिमा दाबेदारी राखेका निधीलाई देउवाले अर्को महाधिवेशनमा समर्थन गर्ने बचन दिएका थिए। सभापति देउवाले भने निधीलाई आफूले छाडेपछि नेतृत्व हस्तान्तरण गर्ने भनेर बचन दिएको बताउँदै आएका छन्।

शनिबार भएको बुढानिलकण्ठको छलफलमा देउवालाई निधीले ‘तपाईंकै समर्थनमा म सभापतिमा उम्मेदवार हुन्छु’ भनेपछि सभापति देउवा आफू निकटकासँग झन घनिभूत छलफल र परामर्शमा लागेका छन्। निधी यो महाधिवेशनमा देउवालाई टक्कर दिन्छन वा दिँदैनन अहिले नै निष्कर्ष निकाल्ने अवस्था छैन्।

१३ औं महाधिवेशनमा सभापतिको दाबा गर्ने निधी र सिंह दुवैजना केन्द्रीय सदस्यमा उम्मेदवार बनेका थिए। सभापतिका आकांक्षी भनिएका शशांक पौडेल प्यानलबाट र अर्जुननरसिंह केसी देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थिए।

१३ औं महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिष्पर्धा गर्ने पौडेल र सिटौलाबाहेक सभापतिको प्रतिबद्ध र तयारीको हिसावले डा.शेखर कोइराला पनि पुनः उम्मेदवार हुने धेरैले अड्कलबाजी गरेका छन्।

निधीसँगको लन्च मिटिङले यतिवेला पार्टीका दुई शीर्ष नेताहरु देउवा र पौडेललाई पनि चुनौति थपिएको छ। नेता पौडेलले आफूलाई सिंह र डा. शशांकले सहयोग नगर्ने हो कि भनेर अर्का नेता डा. शेखर कोइरालासँगको भेटघाट र छलफललाई अघि बढाएका छन्।

पार्टीमा देशभरबाट आएको क्रियाशिल सदस्यताको नामावली फाईनल नभइ पार्टी नेतृत्वको आकांक्षीमा दाबा गर्ने शीर्ष नेतालाई धोखा पनि हुनसक्छ। तराई मधेश र काठमाडौं केन्द्रीत राजनीतिमा पकड भएको दाबी गर्ने निधी र सिंहकै गृह जिल्ला र क्षेत्रमा सदस्यता बिबाद बढी छ।

सदस्यता बिबादसँगै दुवै नेताको धरातल मजबुद देखिन्न।दुई नम्वर प्रदेशको रौतहटाबाहेक सात वटै जिल्लामा क्रियाशिल सदस्यता बिबाद धेरै छन्। झण्डै आठ हजार उजुरीमा धेरै जसो २ नम्वर प्रदेश र काठमाडौ जिल्लामा छन्।

संस्थापनइत्तर पक्षमा धेरैभन्दा धेरै सभापतिका उम्मेदवारलाई खडा गर्न सकिएमा संस्थापन पक्षलाई सजिलो हुने रणनीति अनुसार पनि कतिपय नेताले सभापतिमा उम्मेदवारी दिने चर्चा गरेको हुनसक्ने राजनीतिक विष्लेशकहरुको धारणा छ।

पार्टीको क्रियाशिल सदस्यताको बिबाबद सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश र एक नम्वर प्रदेशमा कम छ । सबैभन्दा धेरै बिबाद प्रदेश २ र त्यसपछि बागपति प्रदेशमा देखिएको छ।

सम्बन्धित समाचार

मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसदको पदबहालीको मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसदको पदबहालीको मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
  • २०७८ असार ७, १६: ५७: ०५

नयाँ बिकल्प, काठमाडौं । तत्कालिन माओबादी केन्द्रबाट चुनाव लडेर प्रतिनिधिसभा सदस्य भएका ४ सांसदहरु एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको...

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ७, १६: ५७: ०५

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार ७, १६: ५७: ०५

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

भर्खरै

TOP