July 29, 2021, Thursday

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह


नयाँ विकल्प,


काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ।

प्रहरीको सरुवा सूची अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा धीरज प्रताप सिंहको सरुवा भएको छ।डि डीआईजी वसन्त लामा महानिरीक्षकको सचिवालय र उत्तमराज सुवेदी महानगरीय प्रहरी कार्यालयमा सरूवा गरिएकाे छ । यस्तै विशेष ब्यूरोमा घनश्याम अर्यालको सरुवा भएको छ ।

यसअघि सिंह २ नम्बर प्रदेश प्रहरी कार्यालयमा थिए। भने अर्याल गण्डकी प्रदेशमा थिए । कर्णाली प्रदेशका वसन्तकुमार पन्तको आयोगमा सरुवा भएको छ ।

प्रदेश कमाण्डमा अरुण बिसीको एक नम्बर प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ। दुई नम्बर प्रदेशको प्रहरी प्रमुखमा रमेश रन्जितकार, बाग्मति प्रदेश प्रहरी प्रमुखमा प्रकाशजंग कार्कीलाई पठाइएको छ।

यस्तै गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्द आचार्य, कर्णाली प्रदेशमा गणेश ऐर र सूदुरपश्चिम प्रदेशमा पुरुषोत्तम कँडेललाई पठाइएको छ।

सम्बन्धित समाचार

नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबारमा पनि गिरावट
नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबारमा पनि गिरावट
  • २०७८ असार ७, १८: ४२: ५५

नयाँ बिकल्प, काठमाडौं – करिव ३१ सयको विन्दुमा पुगेको नेप्से बिहीवबार दोहोरो अंकले आरालो लागेको छ। आज १५.११ अंकले गिरावट...

मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसद पदबहाली मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसद पदबहाली मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
  • २०७८ असार ७, १८: ४२: ५५

नयाँ बिकल्प, काठमाडौं । तत्कालिन माओबादी केन्द्रबाट चुनाव लडेर प्रतिनिधिसभा सदस्य भएका ४ सांसदहरु एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको...

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ७, १८: ४२: ५५

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

भर्खरै

TOP