July 29, 2021, Thursday

नारायणी नदीले क्षति पुर्याएकाे क्षेत्रको स्थलगत अनुगमनमा पुगे प्रचण्ड ( तस्विरहरू )


नयाँ विकल्प।

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमन गरेका छन् ।


भरतपुर महानगरपालिका वडा नं। २६ को सिसई क्षेत्रको अनुगमन गर्दै उनले नारायणी र राप्ती नदीको डुबान र कटानको समस्या स्थायी रूपमै समाधान गर्न आफुले यसको बिस्तृत गूरूयोजना बनाई काम अगाढी बढाएको र आवश्यक बजेट सुनिश्चितताको लागि पहल गरिरहेको बताएका छन् ।

सो अवसरमा अध्यक्ष प्रचण्डले डुबानको पिडामा परेका स्थानिय समुदायलाई सुरक्षित रहन आग्रह गर्दै नारायणी नदीको बर्षेनी हुने डुबान र कटानको समस्या समाधान गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए ।

अनुगमनको क्रममा स्थानियहरूले असार पहिलो हप्ता आएको बाढी र डुबानबाट भएको क्षतिको बारेमा अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए ।

अध्यक्ष प्रचण्डले आफूलाई यस क्षेत्रका समस्याहरूको जानकारी भएको भन्दै नदी तटबन्धन र डुबानका साथै जंगली जनावरका कारण भइरहेको क्षति न्यूनिकरण गर्न आफुले अर्थमन्त्रीसँग आवश्यक बजेटका लागि कुरा गरिसकेको समेत बताए ।

आज नै यस सम्बन्धी भएका कामहरूका बारेमा अध्यक्ष प्रचण्डले जिल्ला प्रसासन कार्यालयमा सरोकारवाला कार्यालय प्रमुखहरूसंग छलफल समेत गर्ने भएका छन् ।

बाढीले भरतपुर महानगरपालिकाको वडा नं। ३ को दोभान चोक, वडा नं। १६ को झनझने र वडा नं। २६ को सिसईमा गरी २५० घर डुबानमा परेका थिए भने १ सय बिगाहा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ८, ११: ०२: ४५

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार ८, ११: ०२: ४५

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ असार ८, ११: ०२: ४५

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP