July 29, 2021, Thursday

राप्रपाबाट आएका थापासहित ५५ जनालाई कांग्रेस महासमिति सदस्य पदमा समायोजन


नयाँ बिकल्प,

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमहामन्त्री सुनिलबहादुर थापासहित नेपाली कांग्रेसमा प्रवेश गरेका ५५ जनालाई नेपाली कांग्रेसले महासमिति सदस्य पदमा समायोजन गरेको छ।

नेपाली काग्रेसमा एक वर्षअघि नै प्रवेश गरेका राप्रपाका नेता थापालाई पार्टीको सहमहामन्त्री, ६ जनालाई केन्द्रीय सदस्य र तीन जना आमन्त्रित केन्द्रीय सदस्य गरी १० जनालाई केन्द्रीय कार्यसमितिमा चयन गरिसकेको छ।

केन्द्रीय कार्यसमितिबाहेकका ४५ जनालाई महासमिति सदस्यमा चयन गरिसकेको पत्र मंगलबार नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टी सहमहामन्त्री थापालाई बुझाएको केन्द्रीय सदस्य किरण गिरीले जनाए।

महासमिति सदस्यमा केन्द्रीय सदस्यहरु रामकृष्ण भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, किरण गिरी र डा. टिएन योगी, आमन्त्रित केन्द्रीय सदस्यहरु दिलिप राई, आशाराम चौधरी र राजेशबहादुर सिंह परेका छन्।

तत्कालिन राप्रपा धनकुटाका जिल्ला अध्यक्ष लक्ष्मी सुब्बा, तत्कालिन राप्रपा केन्द्रीय परिषद सदस्यहरु धनकुटाका मानबहादुर मिश्र, अग्नी ओझा, भुपेन्द्र कटुवाल, मीनबहादुर कार्की, तत्कालि राप्रपा सिन्धुपाल्चोकका जिल्ला सभापति इन्द्रबहादुर तामाङलाई पनि महासमिति सदस्यमा चयन गरिएको छ।

राप्रपा समायोजनपछि कांग्रेस आएका ५५ जनालाई महासमिति सदस्यमा नामावली अद्यावधिक गर्न पार्टी केन्द्रीय कार्यालयले धनकुटा, मोरङ, सिन्धुपाल्चोक, भोजपुर, बारा, काठमाडौं, ललितपुर, झापा, कैलाली, कपिलबस्तुसहित २० जिल्ला कार्यसमितिलाई बोदार्थ पठाएको छ।

हेर्नुस नामावली –

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ८, १६: ४५: ५३

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार ८, १६: ४५: ५३

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ असार ८, १६: ४५: ५३

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP