July 29, 2021, Thursday

दक्षिणकाली जंगलमा २७ वर्षिया सन्तोषी सुब्बाकाे विभत्स हत्या


नयाँ विकल्प,

काठमाडाैं- दक्षिणकाली जंगलमा एक युवतीकाे शव फेला परेकाे छ ।

शवकाे प्रकृति हेर्दा हत्या भएकाे प्रारंभिक अनसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ ।

हत्या गरिएकी युवती काठमाडौं कालोपुलनजिक बस्ने सन्तोषीलाइ कालो पुलमा धनबहादुर तामाङले उनलाई धर्मछोरी बनाएर राखेका थिए।

तामाङले सुब्बालाई आफूले सानै उमेरदेखि पालन-पोषण गरेको बताएका छन्। उमेर भने तामाङले पनि यकिन भन्न सकेका छैनन्।

सन्तोषीको क्रुर ढंगले हत्या गरेको देखिएको छ। उनीसँग कुनै पुरूषको शौचालयबाहिर निकै झगडा भएको जस्ताे देखिएको छ। बाहिर रक्ताम्य देखिन्छ।

बाहिर हत्या गरी शव शौचालयभित्र घिसारेर लगेको संकेत देखिएको छ। घम्साघम्सी हुँदा उनको कानका टप फुस्किएका देखिन्छन्।

चुँडिएको माला फेला परेको छ। कुच्चिएको चश्माको फ्रेम फेला परेको छ। सुब्बा अविवाहित हुन्। धनबहादुर तामाङकी धर्मछोरी हुन् ।

२७ वर्षकी सन्तोषी सुब्बाकाे पहिचान खुलेपनि हत्यकाे कारण खुल्न बाँकी छ । उनी असार ५ गते फर्पिङस्थित पद्मा सम्भव गेष्ट हाउसमा एक्लै बसेको देखिएको छ।


सन्तोषी चराचुरूङ्गी तथा जीवजन्तुको आवाज दुरूस्तै निकाल्ने गर्थिन । मंगलबार बिहान सन्तोषीको शव दक्षिणकाली मन्दिर परिसरको एउटा प्रयोगविहीन शौचालयमा भेटिएको थियो।

च्याउ टिप्न गएका दुई महिलाले शौचालयमा शव देखेका थिए। सन्तोषीको सलले घाँटी कसेर हत्या गरी ढुंगाले हिर्काएर अनुहार क्षतविक्षत पारिएको छ। उनलाई क्रुर ढंगले शरीरभरि प्रहार गरिएको पोस्टमार्टममा देखिएकाे प्रहरीले जनाएकाे छ ।

सन्तोषीको भजाइनल स्वाब संकलन गरिएको छ। यसबाट उनको बलात्कार भए नभएको खुल्ने छ। उनको घाँटी कसेर हत्या गरिएको देखिएको छ। त्यसपछि अनुहार नचिनियोस् भनी ढुंगाले क्षतविक्षत पारिएको छ।

उनको दाहिने छातीतर्फका दुई वटा करङ भाँचिएका छन्। पेटमा बेस्सरी हिर्काएकाले आन्द्रा सुन्निएका छन्। उनी मृत शरीरमा टु पिस लुगा थियो। उनको भित्री वस्त्र (पेन्टी) घटनास्थलबाट केही टाढा फालिएको थियो। घटनास्थलमा छोरा मान्छेले लगाउने पेन्टी फेला परेको छ ।

सम्बन्धित समाचार

मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसदको पदबहालीको मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसदको पदबहालीको मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
  • २०७८ असार ९, १४: २०: २९

नयाँ बिकल्प, काठमाडौं । तत्कालिन माओबादी केन्द्रबाट चुनाव लडेर प्रतिनिधिसभा सदस्य भएका ४ सांसदहरु एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको...

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ९, १४: २०: २९

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार ९, १४: २०: २९

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

भर्खरै

TOP