July 29, 2021, Thursday

प्रहरी प्रधान कार्यालयले गर्यो ५२ एसपी र ५७ डीएसपीको सरुवा (नामावलीसहित)


नयाँ बिकल्प,

काठमाडौं । प्रहरी प्रधान कर्यालयले ५२ जना प्रहरी उपरीक्षक (एसपी) र ५७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ८ असारको निर्णय अनुसार भन्दै ति प्रहरी अधिकृतको सरुवा गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीमा एसपी रमेश थापाको सरुवा भएको छ भने एसपी सन्तोष खड्काको प्रहरी प्रधान कार्यालय विशेष व्युरो नक्सालमा सरुवा गरिएको छ। थापा यसअघि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा थिए भने खड्का जिल्ला प्रहरी कार्यालय मोरङमा थिए।

महानगरीय प्रहरी परिसर भक्तपुरमा शिव कुमार श्रेष्ठको सरुवा भएको छ भने जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी श्याकृष्ण अधिकारीको सरुवा भएको छ। एसपी ओम रानाको नेपाल प्रहरी प्रदेश कार्यालय, भैरहवामा र दानबहादुर कार्कीको कपिलवस्तुमा सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले मंगलबार राति नै ५७ प्रहरी उपरिक्षक (डीसपी) को सरुवा गरेको छ। जसअनुसा डीएसपी प्रमेश बिष्टको महाराजगञ्ज वृत्तमा सरुवा भएको छ। लैनचौर वृत्तका डिएसपी दीपक खड्का कारबाहीमा परेपछि बिष्टलाई लैनचौर वृत्तमा पठाइएको हो।

नरेन्द्र कुँवरको इलाका प्रहरी कार्यालय धरानमा, डीएसपी ढुण्डीराज न्यौपानेको बौद्ध वृत्तमा सरुवा भएको छ भने डिएसपी दुर्गा दाहाललाई लैनचौर वृत्तको जिम्मेवारी दिइएको छ। यसअघि दाहाल महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत थिए।

कीर्तिपुर वृत्तमा ठाकुरप्रसाद पोखरेल र लैनचौर वृत्तमा दुर्गाप्रसाद दाहालको सरूवा भएको छ। प्रमेश विष्टको महाराजगञ्ज वृत्त, भरत श्रेष्ठको सिंहदरबार वृत्त, मदन कुँवरको इलाका प्रहरी कार्यालय बुटवल, मिलन केसीको स्वयम्भु वृत्त, मीमबहादुर लामाको नयाँ बानेश्वर वृत्तमा सरूवा भएको छ।

डीएसपी दीपक श्रेष्ठको जिल्ला प्रहरी कार्यालय मोरङ, नवीन कार्कीको अख्तियार टंगाल, राजकुमार राईको जिल्ला प्रहरी कार्यालय भोजपुर सरूवा भएको छ ।
नामावली यसप्रकार छ –

सम्बन्धित समाचार

मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसदको पदबहालीको मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसदको पदबहालीको मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
  • २०७८ असार ९, १५: २३: ४३

नयाँ बिकल्प, काठमाडौं । तत्कालिन माओबादी केन्द्रबाट चुनाव लडेर प्रतिनिधिसभा सदस्य भएका ४ सांसदहरु एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको...

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ९, १५: २३: ४३

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार ९, १५: २३: ४३

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

भर्खरै

TOP