July 29, 2021, Thursday

दलित युवतीलाई कोठा भाडामा नदिएपछि प्रहरी हिरासतमा रहेकी प्रधानलाई मन्त्री श्रेष्ठले निकाले


नयाँ बिकल्प,

काठमाडौं । कोठा भाडामा लिन खोज्ने एक युवतीलाई दलित भएकै आधारमा कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आफै रोहबरमा बसेर हिरासतमुक्त गरेका छन्।

महानगरिय प्रहरी बृत्त सिंहदरबारको प्रहरीले प्रधानलाई बबरमलस्थित निवासबाटै पक्राउ गरेको थियो। शिक्षामन्त्री श्रेष्ठको रोहबरमा प्रहरी बृत्त सिंहदरबारले प्रधानलाई रिहा गरेपछि प्रधानका समर्थकहरुले उल्टो रुपा सुनारलाई कारबाही गर्नुपर्ने भन्दै नाराबाजी गरे।

प्रधानविरुद्ध २४ वर्षीया पत्रकार रुपा सुनारले प्रहरीमा उजुरी दिएपछि काठमाडौं महानगरपालिका ११ बबरमहलका ५८ वर्षिया सरस्वती प्रधानलाई असार ६ गते उनीविरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार पक्राउ गरेको थियो।

रुपा सुनारकाअनुसार घरबेटी प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोधेकी थिइन्। दलित समुदायको भन्ने थाहा पाएपछि भने भाडा दिन इन्कार गरेको रुपाले जाहेरीमा उःलेख गरेकी छन्।

प्रहरीले कानून बमोजिम अभियोग लगाएपछि हिरासतमा लिएकी प्रधानलाई मन्त्री श्रेष्ठले आफ्नो शक्ति प्रदर्शन गर्दै प्रहरीलाई दबाब दिएर आफ्नै रोहबरमा रिहा मात्र गरेनन्, आफ्नै गाडीमा हालेर प्रधानको घरसम्म लगेका थिए।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ९, १६: १४: ०३

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार ९, १६: १४: ०३

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ असार ९, १६: १४: ०३

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP