July 29, 2021, Thursday

अख्तियारद्वारा आन्तरिक राजश्वका तत्कालिन महानिर्देशक शर्मासहित तीनबिरुद्ध एक अर्ब भ्रष्टाचारको दाबी

नयाँ बिकल्प,

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

शर्मासहित कर फछ्र्यौट आयोग, २०७१ का अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो। उनीहरुमाथि एक अर्ब तेत्तीस लाख २० हजार तीन सय ८५ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा सोही बराबरको बिगो दाबी गरिएको छ।

करदाताहरूसँग बदनियतपूर्वक कर फछ्र्यौट सम्झौता गरी सरकारलाई प्राप्त हुने ठूलो मात्राको राजश्व चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

‘करदाताहरूको बिभिन्न कर शीर्षकमा कर बक्यौता रहेको र कर फछ्र्यौट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले बदनियतपूर्वक एक अर्ब तेत्तीस लाख बीस हजार तीन सय पचासी रुपैयाँ बक्यौता कर छुट दिएको पुष्टि हुन आयो’ अख्तियारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवानाको समेत माग गरिएको छ। अख्तियारको प्रमुख आयुक्तमा नियुक्त भएदेखि भ्रष्टाचारमा अनुसन्धान थालेका प्रेमकुमार राईले एउटा ठूलो प्रकरणको मुद्दा अदालतमा दर्ता गराएका हुन्।

कर फछ्र्यौट आयोगका शर्मासहितका पदाधिकारीविरुद्ध एक अर्ब बढीको भ्रष्टाचार मुद्दा शर्मालगायतसँग लामो समयसम्म बयान लिएपछि प्रमुख आयुक्त राईको निर्देशनमा उक्त मुद्दा दर्ता भएको हो।

आन्तरिक राजश्व विभागका महानिर्देशकमा लामो समयसम्म बस्ने सहसचिव शर्मालाई २०७१ माघ २२ गते आयोग ऐन, २०३३ अनुरुप कर फछ्र्यौट गर्न सरकारी समिति बनेको थियो। उक्त समितिले अधिकारक्षेत्र बाहिर गई करदाताहरूसँग कर फछ्र्यौट सम्झौता गरी सरकारलाई नोक्सान हुनेगरी सम्झौता गरेको थियो।

समितिका पदाधिकारी रहेका प्रतिवादीहरूले कर फछ्र्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानिनोक्सानी भएको प्रमाण समेत अख्तियारसँग रहेको उल्लेख गरिएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले उल्लेख गरेबमोजिम बिगो कायम गरी दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद गरी दफा ७ बमोजिम जरीवाना सजाय माग गर्दै विशेष अदालत ऐन, २०५९ को दफा ९ समेतको आधारमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ९, १७: २९: २९

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार ९, १७: २९: २९

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ असार ९, १७: २९: २९

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP