July 29, 2021, Thursday

कोरोनाबिरुद्ध अग्रमोर्चामा खटिएकाको अपमान गर्दै काठमाडौैं महानगरले पोत्यो भित्ते चित्र


नयाँ बिकल्प
,

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको क्रियाकलाप संकटमा परेकाको उद्दार र राहत वितरण गर्नेदेखि कोरोनाको चुनौतिमा अग्रपंक्तिमा खटिएकाहरुप्रति अपमानजनक र अमानविय शैलीमा प्रस्तुत हुन थालेको छ।

दुई दिनअघि मात्र असहायलाई निशुल्क भोजन र बाढी पीडितलाई राहत वितरणको कर्ममा क्रियाशिल हाम्रो टिम नामक समाजसेवी संस्थाका खाना पकाउने सामग्रीदेखि लिएर राहत सामग्री तोडफोड गर्दै नियन्त्रणमा लिएको थियो।

त्यस्तै, बुधबार मात्र काठमाडौं महानगरपालिकाले पुनः नगरप्रहरी लगाएर काठमाडौंको रत्नपार्कस्थित आकाशेपुलको भित्तामा फ्रन्टलाइनरको सम्मानमा कलाकारले बनाएको चित्र सेतो पोतेर हटाएको छ।

महानगरको यस्ता कार्यको नेपाली कांग्रेसले आपत्ति जनाएको छ। कोरोनाविरुद्धको लडाईमा अग्रमोर्चामा रहेर काम गरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापनमा खटिएका व्यक्ति र सरसफाइकर्मीको सम्मानमा कलाकारले बनाएको चित्र महानगरले हटाएपछि कांग्रेसले आपत्ति प्रकट गरेको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै महानगरसँग लिखित अनुमति लिएर फ्रन्टलाईनमा जुधिरहेकाको सम्मानमा चित्र बनाउँदा प्रशंसा गर्नुको सट्टामा मेटाउने कार्यले फ्रन्टलाइनरकै अपमान गरेको दावी गरेका छन्।

‘काठमाडौको अनेक स्थानमा थुप्रिएका फोहोरले होइन त्यो चित्रले शहरको सौन्दर्यमा असर गरेको थियो? महानगर स्वयंले चित्र निर्माण गर्ने योजना हो त के त्यो एउटा चित्रले शहरका सबै पर्खाल ओगटेको थियो? यस्तो आवेगयुक्त र अपमानजनक ब्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित छ?,’ प्रवक्ता शर्माले प्रश्न गरेका छन्।

नेपाल विद्यार्थी संघका नेता डुजाङ शेर्पाको परिकल्पनामा कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले एक हप्ताको समय लगाएर फ्रन्टलाइनरको सम्मानमा भित्तामा चित्र बनाएका थिए।

तर महानगरपालिकाले नयाँ चित्र बनाउने भन्दै कलाकारले बनाएको चित्र मेटिदिएको हो। महानगरले लाखौं रुपैयाँ खर्च गरेर काठमाडौंको सम्भयता झल्कने गरी नयाँ चित्र बनाउने दाबी गरेकाे छ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार १७, १७: ४६: २४

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार १७, १७: ४६: २४

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ असार १७, १७: ४६: २४

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP