July 29, 2021, Thursday

असार

वनकुञ्जबाट छङ्छङाएर
झरेका बर्खेमूल टिल्पिलाएका

मनोरम खेतका गराहरु, हरिया व्याडहरुमा
बीऊ उखेलिरहेका खेताल्नी दिदी र आमाहरु

हिलोमा डुबेर पसिनाका थोपा तप्पतप्प चुहाउँदै
आली लगाउँदै गरेका ठूला दाजै

नबोदित शिल्पले सजिंदै गरेको गैह्रीखेत
कान्ला तास्दै गरेका कान्छा दाजै

हातमा कोदाली लिएर बाउसे गरिरहेका
माइला बा

डोकाभरी बीऊ बोकेर डिलमा
उभिएकी सानी

चौबन्दी सारेर कुहिनासम्म
छुपुछुपु धान रोपिरहेका रोपाहारहरु

वल्लोपल्लो मेलामा गुञ्जिरहेको सुरिलो असारे भाका
फाँटैभरि छपक्कै रमाइरहेको पौरखी दुनियाँ

भर्दै सृजन शील्प गर्व गर्दै
उठाएर हातमा ठेला

माटोमा समर्पण गरेर पौरख र पसिना
बह्मारुप अन्नदाना झुलाउने साँच्दै मीठो सपना

झम्के साँझमा अनुहारभरी सन्तोषका
आभाहरु नचाउँदै भुलेर भोक, तिर्खा र थकान

भारी बोकेर गुन्गुनाउँदै उकाली लागेका कृषकहरु
सर्वत्र दिप्ती छरिरहेका जुनकिरी

खोली किनारमा अटुट गाना भरिरहेका झ्याउँकिरीहरु
पारि पाखामा बेसुरा गाना गाउँदै गड्गडाएका खहरे खोलाहरु

बाटोमुनिको आहालमा कराइरहेका भ्यागुताहरु
भरिएर सल्ल बगेका ताल तलाउहरु

सर्वत्र सम्पूर्णता र परिपूर्णताको आभाष छर्दै
झमझम झरी झम्किरहेछ असार

उन्नत कलाको समुद्घाटन
घामपानी, वर्षा, बादल

मेघ बिजुली आलोपालो मञ्चन हुने असारका दिवस
कुहिरोले ढाकेको सल्लाघारी वन

छल्किएर बगरभरी वेग मारिरहेकी गंगा
हरितकलाले परिपूर्ण

वनेली पाखा आँखाभरी सारिरहेछु म
रुज्दैभिज्दै सिमसिम पानीमा

मधु मनोरम डाँडाबाट झरेकी
इन्द्रेणीका तहैतह रङ्ग गनिरहेकी छु म

थोपा जल धरेर पत्रपत्रमा
पोख्दै उन्मेष उमङ्गका आयाम फक्रिएका

कोमल वनकुसुमी रङ्ग
सुवास बोकेर बयलिएको शीतल पवन

पन्छीहरुका नानाथरी गीत
छहराको संगीत

छल्काउँदै हृदयमा
आनन्दरुपिणी धरालाई नमन गरिरहेछु म ।

सुनसान कंक्रीटका जंगली आवासगृहको
उभिएर सन्झ्यालमा
लेखनीमा असार बगाइरहेछु म ।।।

सम्बन्धित समाचार

नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबारमा पनि गिरावट
नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबारमा पनि गिरावट
  • २०७८ असार २२, १४: ४१: ०९

नयाँ बिकल्प, काठमाडौं – करिव ३१ सयको विन्दुमा पुगेको नेप्से बिहीवबार दोहोरो अंकले आरालो लागेको छ। आज १५.११ अंकले गिरावट...

मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसदको पदबहालीको मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसदको पदबहालीको मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
  • २०७८ असार २२, १४: ४१: ०९

नयाँ बिकल्प, काठमाडौं । तत्कालिन माओबादी केन्द्रबाट चुनाव लडेर प्रतिनिधिसभा सदस्य भएका ४ सांसदहरु एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको...

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार २२, १४: ४१: ०९

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

भर्खरै

TOP